संयुक्त राष्ट्रसंघ CERF द्वारा २०१७को उच्चस्तरीय सम्मेलनमा परमेश्वरको मण्डलीलार्इ आमन्त्रण

सन् २०१६ डिसेम्बर १३ तारिख, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज संयुक्त राष्ट्रसंघको उच्चस्तरीय सम्मेलनमा आमन्त्रण पाउने पहिलो मण्डली बन्यो । सन् २०१७मा आयोजित संयुक्त राष्ट्रसंघको केन्द्रीय आपत्कालीन राहत कोष(UN CERF)मा, परमेश्वरको मण्डलीका महासचिव गिम जु छलले वक्तव्य दिनुहुँदै मण्डलीको परिचय दिनुभयो ।
महासचिव पाष्टर गिमले, यसो भन्दै वक्तव्य दिनुभयो, “परमेश्वरको मण्डलीले बाइबलमा हुनुभएका पिता परमेश्वर र माता परमेश्वरलार्इ विश्वास गर्दछ, र येशूज्यूले खडा गर्नुभएको नयाँ करारको सत्यता पालन गर्दछ ।”
“विश्वका १७५ वटा राष्ट्रका २५ लाख सन्तहरू आबद्ध रहेको परमेश्वरको मण्डलीले विभिन्न राहतका कार्यहरू सक्रियतापूर्वक गर्दैआएको छ । यस्ता कार्यहरूको परिणामस्वरूप परमेश्वरको मण्डली, संयुक्त राज्य अमेरिका लगायत कोरियाको राष्ट्रपतिद्वारा पुरस्कृत भएको छ । यो वर्षचाहिँ बेलायती महारानीबाट MBE [Member of Most Excellent Order of the British Empire] उपाधिसँगै महारानी स्वयंसेवा पुरस्कारद्वारा सम्मानित भएको छ । परमेश्वरको मण्डलीको यस्तो सम्पूर्ण मानव कल्याणका गतिविधिहरूचाहिँ आमाको मनबाट आएको हो ।”

UN CERF उच्चस्तरीय सम्मेलनमा परमेश्वरको मण्डलीका महासचिव पाष्टर गिम जु छल ।
UN CERF उच्चस्तरीय सम्मेलनमा परमेश्वरको मण्डलीका महासचिव पाष्टर गिम जु छल ।

महासचिव पाष्टर गिमले २९ राष्ट्रका प्रतिनिधिहरूको सामु वक्तव्य दिनुभयो । संयुक्त राष्ट्रसंघका महासचिव बान गि मुनले सम्मेलनको उत्घाटन गर्नुभयो । अनि पछि CNN का उद्घोषक जेक टेपरद्वारा उच्चस्तरीय छलफल सुरू भयो । उक्त पाटीमा मानवीय मामिलाका महासचिव, मानवीय अधिकार मन्त्रालय, आपतकालीन राहतका संयोजक स्टीफन ओब्रीन, विदेशी मामलाका युगान्डाका मन्त्री महाशय श्याम काहाम्बा कुटेसा, डेन्मार्कको विकास समितिका मन्त्री महाशय उल्ला टोर्नेस, शरणार्थीको निम्ति संयक्त राष्ट्रका उच्च आयुक्त महाशय फिलिपो ग्रान्डी, युगान्डामा संयक्त राष्ट्रसंघको निवास संयोजक मिस रोसा मलाङ्गो । उहाँहरूले संघर्ष तथा संकटले प्रभाव परेको विश्वव्यापी गाउँको सहयोग गर्न, UN CERF लाई संक्षम बनाउन राहत कोषको आवश्यक ’boutमा छलफल गर्नुभयो । सम्मेलनमा उपस्थित ३३ जना दाताहरूले विश्वभरिका आपतकालीन राहत कोषलाई सहयोगको निम्ति करिब २७ करोड ३० लाख अमेरिकी डलर सङ्कलन गरे ।

असल कार्यद्वारा सहयोगको खाँचो परेका राष्ट्रहरूलाई सहयोग गर्दै

गत महिना, कोलोराडो डेन्भरमा अवस्थित परमेश्वरको मण्डलीले, च्यारिटी कन्सर्ट आयोजना गरेर करिब ५०,००० डलर सङ्कलन गर्न सफल भयो । पछि मण्डलीले उक्त रकम म्याथ्यू तूफान पीडितहरूको सहायताको निम्ति UN CERF लाई हस्तान्तरण गऱ्यो ।

सन् २०१०मा हाइटी भूकम्प पीडितहरूलाई रकम हस्तान्तरण गरेपछि परमेश्वरको मण्डलीले पहिलो पटक संयुक्त राष्ट्रसंघसँगै सहकार्य गरेको थियो । पुन: सन् २०१५मा परमेश्वरको मण्डलीले नेपाल भूकम्प पीडितहरूलाई राहत प्रदान गरेको थियो ।

महा सचिवज्यूले आफ्नो वक्तव्यमा, “अहिले सारा संसार युद्ध, अनिकाल, भूकम्प, मौसम परिवर्तनजस्ता विनाशकारी परिस्थितहरूले ग्रस्त छ । धेरै गरिसकेको भएतापनि, अब अझ धेरै कार्य गर्न आवश्यक छ ।

यस्ता विपत्ति कुनै एउटा देशमा मात्र सीमित छैन । तसर्थ परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँका ७ अरब मानव-जातिलाई आफ्नै परिवारसरह ठान्दछ, र उनीहरूको पर्वाह गर्दछ ।”

कठिनाइबीच गुज्रिरहेका सबै मानिसहरूको सहयोगचाहिँ, “स्वर्गीय माताको मनद्वारा, परमेश्वरको मण्डलीले UN CERF मा अनवरत रूपले सहयोग पुऱ्याउने र भविष्यमा संयुक्त राष्ट्रसंघका अन्य सहायक सङ्गठनहरूसँग पनि सहकार्य गर्ने अपेक्षा गरेको छ” भनेर भन्नुभयो