मेउड केन्द्रका बासिन्दाहरूलाई हौसला दिँदै
रिजउडमा अवस्थित परमेश्वरको मण्डलीका स्वयंसेवकहरूले गत आइतबार सन् २०१६ इष्ट कोष्ट स्वयंसेवा दिवसमा मेउड स्वास्थ्य र सुधार केन्द्रमा समय बिताए । गायन प्रतियोगिता, नृत्य, उत्साहित प्रदर्शनी इत्यादि क्रमैसँगका गतिविधिहरूद्वारा स्वयंसेवकहरूले ज्येष्ठ नागरिकहरूको आत्मविश्वास बढाउने आशा गरे । जीवंत माहोल र वातावरण, ज्येष्ठ नागरिकहरूको गतिमा ठूलो परिवर्तन थियो ।
स्वयंसेवकहरूले केन्द्रका गतिविधि कार्यावाहकहरूको प्रमुख सहकारिताद्वारा उक्त कार्यक्रमको आयोजना गरे । परमेश्वरको मण्डलीसँग सहकार्य गर्न पाएकोमा उनीहरूले खुशी व्यक्त गरे ।
नागरिकहरूको निम्ति सामान्यता समर्थन र मनोरञ्जनको स्रोत – बारबरा र पेन्नीले, ३० जना स्वयंसेवकहरूले नागरिकहरूको सेवा गरेको र सान्त्वना दिएकोले उहाँहरूले हेरचाह गर्न धेरै सजिलो भएको कुरा बताए । स्वयंसेवकहरूले नागरिकहरूलाई मनोरञ्जन मात्र दिएनन् तर आफ्नो भूमिका निर्वाह पनि गरे । उनीहरूले नागरिकहरूलाई कोठाबाट बाहिर ल्याउने र भित्र लैजाने सेवा गरे । साथै उनीहरूले खाजाको प्रबन्ध मिलाइदिए, र दिनभरि नै मनोरञ्जनको माहोल बनाइदिए ।
एक जना गतिविधि कार्यवाहक, बारबराले यसो भनिन्, “यहाँहरूले उहाँहरूको जीवनमा धेरै खुशी भरिदिनुभयो, उहाँहरूले यो कहिल्यै बिर्सनुहुनेछैन, न त हामीले । मण्डली बाहिर युवाहरूले यस्ता किसिमको स्वयंसेवा गरेको खासै देखिँदैन ।”
ज्येष्ठ नागरिकहरूले स्वयंसेवकहरूसँगै क्यारिओके खेल, र “टि.भी. कार्यक्रमको गीत अनुमान लाउने” खेल खेलेर धेरै रमाइलो गरे । परमेश्वरको मण्डलीका भजन टोलीले, “You Raise Me Up”” बोलको गीत पनि प्रस्तुत गरे ।
रमाइलो भयो कि भएन भनेर ज्येष्ठ नागरिकहरूलाई सोध्दा, उहाँहरू सबैबाट सकारात्मक प्रतिक्रिया मात्र आयो । “मेरो जीवनमा यति रमाइलो कहिल्यै भएको थिएन, विवाहको दिनमा पनि भएको थिएन” भनेर जिस्कँदै एक जना ज्येष्ठ नागरिकले भन्नुभयो ।
अर्को ज्येष्ठ नागरिकलाई, कार्यक्रममा सबैभन्दा के मन पऱ्यो भनी सोध्दा, यसो भन्नुभयो, “सबै थोक ! सबै राम्रो छ ।”
स्वयंसेवकहरूले ज्येष्ठ नागरिकहरूको हृदयमा उत्साह र खुशी भरिदिए भनेर भन्दा खासै फरक नपर्ला । यस्ता कार्यक्रमहरूद्वारा, परमेश्वरको मण्डलीले निरन्तर नि:स्वार्थ स्वयंसेवाद्वारा समाजमा सेवा पुर्याइरहेको छ । छिमेकीहरूलाई सेवा गर्ने ख्रीष्टको उदाहरणलाई पछ्याउने प्रतिबद्धता नै मण्डलीका सदस्यहरूको महत्वपूर्ण पक्ष हो ।
आइतबार गरिएका २५ वटा स्वयंसेवा कार्यहरूमध्ये मेउड केन्द्रको भ्रमण पनि एक थियो । इष्ट कोष्ट र पुएर्टो रिकोका केही स्थानहरू र सन् २०१६ इष्ट कोष्ट स्वयंसेवा दिवसको एक अंशको रूपमा गणतन्त्र डोमिनिकनले विभिन्न स्वयंसेवा कार्यक्रमको आयोजना गरेको थियो ।
यी सम्पूर्ण प्रयत्नहरूचाहिँ स्वयंसेवाको महत्वमा जोड दिने बहु-चरण अभियानको एक अंश थियो । महारानी स्वयंसेवा कार्यको निम्ति पुरस्कृत भएपछि परमेश्वरको मण्डलीका स्वयंसेवकहरू आफ्ना समुदायको सेवा गर्न अझ बढी प्रेरित भएका छन् । उक्त पुरस्कारचाहिँ संयुक्त अधिराज्यभरिका स्वयंसेवक समूहहरूलाई प्रदान गरिने उच्चस्तरीय पुरस्कार हो ।