न्यूयोर्क, ब्रोंक्स ३ उद्धारका सेवानिवृत्त अग्नि नियन्त्रक जेफरी कुलले, आफ्ना वक्तव्यमा, “सर्वसाधारणहरू अग्नि नियन्त्रकहरूलाई नायकको रूपमा हेर्ने गर्छन् । तर म उहाँहरूले नदेख्ने पर्दा पछाडिका नायकलाई चिन्छु । रक्तदाताहरूचाहिँ हरेक दिनका नायकहरू हुन् । जसले धेरै मान्यता र कृतज्ञता त पाउँदैनन् । तर म यहाँ तपाईंहरूलाई जीवन बचाउन यहाँहरूले गर्नुभएको योगदानको निम्ति लगातार धन्यवाद दिन चाहन्छु” भनेका थिए । उनी विशेष अतिथि वक्ताको रूपमा सन् २०१५को बृहत् रक्तदान अभियानमा सहभागी भएका थिए ।
जेफरीले सन् २००५ मा आग लागी भएको भवनबाट हाम फाल्नुपर्दा, रक्तदान गरेर तिनको जीवन बचाइदिएका ती
रक्तदाताहरूप्रति आफ्नो कृतज्ञता व्यक्त गरे । तिनको दुवै रक्तवाहिनी नलीमा गहिरो चोट लागेकोले तिनको जीवन बचाउन ७२ प्याकेट रगतको खाँचो परेको थियो । सोही वर्ष परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित रक्तदान अभियानमा प्रेक्षालयमा रगत दिन पर्खिरहेका ५००जना स्वयंसेवकहरूको सामु आफ्नो कहानी सुनाए ।

गर्मीयाममा रगतको कमी हुने कुरा बुझेर, परमेश्वरको मण्डलीका स्वयंसेवकहरूले, कहिल्यै भेट नभएका मानिसहरूको जीवन बचाउन सहयोगको निम्ति पुन: एक पटक आफ्नो ज्याकेटको बाहुला माथि सारे ।
सन् २०१५ अगस्ट, आइतबार करिब २,००० जना स्वयंसेवकहरू दक्षिणमा फ्लोरिडा र उत्तर न्यू हैम्पशियर जतिकै दूरीको यात्रा गरे । उज्यालो पहेलो ज्याकेट लगाएर, सन्त सदस्यहरू दिनको सुरूवात गर्न आइतबार सबेरै न्यूयोर्क, वेस्ट भिलेजको वाशिङटन स्क्वेयर पार्कमा भेला भएका थिए ।

न्यूयोर्क रक्त केन्द्र र अमेरिकन रेड क्रसका नर्सहरू तयार भएपछि दर्ता टेबिलहरू तयार गरिए । रक्तदाताहरू आउन सुरु भयो र अबेर रातसम्म त्यो क्रम जारी नै रह्यो ।
७ घण्टा भित्रै, दुई वटा रक्त केन्द्रहरूले १,४०० भन्दा बढी यूनिट रगत सङ्कलन गरे । न्यूयोर्क रक्त केन्द्रको सन्दर्भमा चाहिँ, यो अन्य कुनै समूहसँग अनुभव नगरेको नयाँ कुरा थियो । बृहत् रक्तदान अभियानले अहिलेसम्म, एक घण्टा भित्र सबैभन्दा धेरै रगत र दोबर रातो कोषिका सङ्कलन गरेको कीर्तिमान राखेको छ ।

“रक्तदान गरेर मेरो जीवन बचाएका यी मानिसहरूले, उनीहरूको रगत कुन जाति, वर्ण वा धर्मका मानिसहरूले प्रयोग गर्ने होलान् भन्ने कुराको पर्वाह गरेनन् । त्यसले कसैको जीवन बचाउन सक्छ भन्ने कुरा थाहा भएकोले उहाँहरूले त्यसो गर्नुभएको हो ।” जेफरी कुलले रक्तदाताहरूको मन राम्ररी बुझेका थिए ।
परमेश्वरको मण्डलीका स्वयंसेवकहरूले यस्तो निस्वार्थ मनद्वारा सामुदायिक सेवाका गतिविधिहरू र रक्तदान कार्य गर्छन् । आफ्ना सन्तानको निम्ति कुनै कुराको पनि पर्वाह नगर्नुहुने स्वर्गीय माताको उदाहरण र मनलाई पछ्याएर, परमेश्वरको मण्डलीका स्वयंसेवकहरू सारा मानव-जातिको निम्ति संसारलाई एक उत्तम ठाउँ बनाउन निरन्तर कार्य गरिरहने छ ।
