मनीला, मन्डलयौङ्ग, लास पेनास र पारानाक शाखा मण्डलीहरूले रक्तदान अभियान आयोजना गरे
बाइबलीय चाडहरूमा गहिरो गरी खोपिएको परमेश्वरको प्रेम र नयाँ करार निस्तार-चाड घोषणा गर्दै, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका मनीला, मन्डलयौङ्ग, लास पेनास र पारानाक शाखा मण्डलीहरूले फिलिपिन रेड क्रस रक्त केन्द्रमा रक्तदान अभियान आयोजना गरेका थिए । सन् २०१६ अप्रिल ११ तारिख, “निस्तार-चाडको प्रेमद्वारा जीवन दिने, ६०४ औं विश्वव्यापी रक्तदान अभियान” नामक अभियान आयोजना गरियो । यसले ३५० सहभागीहरूलाई आकर्षित गर्यो, जसमा १५३ जनाले पूर्व-दान जाँच उर्तीण गरे, र सफलतापूर्वक रक्तदान गरे ।

रक्तदान गरेर जीवन बचाउँदै
मण्डलीको परिश्रमहरू त्यसै खेर गएनन् । अप्रिल ११ तारिखमा फिलिपीन रेड क्रस रक्त केन्द्रका, व्यावसायिक विनियमन परिमार्जन (PRC)का महासचिव ग्वेनडोलिन पाङले, “परमेश्वरको मण्डलीको स्वर्गीय मातालाई धन्यवाद, अझ धेरै जीवन बचाउन सहयोग गरिदिनुभएकोमा साँच्चै धन्यवाद” भन्दै धन्यवादको सन्देश पठाइन् ।
निस्तार-चाड चाहिँ पिता माता परमेश्वरले साँचो प्रेमद्वारा आफ्ना सन्तानलाई देह र रगत खान र पिउन दिनुभएर अनन्त जीवन दिने इच्छाद्वारा खडा भएको हो (यूह ६:५३-५४) । आफ्नो सन्तानको राम्रो स्वास्थ्य र शक्तिको चाह गर्नुहुने स्वर्गीय माताको मनद्वारा, परमेश्वरको मण्डली रक्तदान अभियान र राष्ट्र र बाँकी संसारमा प्रेम बाड्ने गतिविधिहरूमा कन्द्रित रहेर नयाँ करार निस्तार-चाडको विषयमा सुनाइ रहने छ ।
तापूहरू र राष्ट्रहरूभर
उक्त दिन मेट्रो मनीलामा व्यावसायिक विनियमन परिमार्जन (PRC)मा रक्तदान कार्यक्रम मात्र भएको थिएन । क्यूजोन सिटी, क्यालोक्यान, अन्टिपोलोमा अवस्थित मण्डलीहरू फिलिपिन्स फोक्सो केन्द्रमा अर्को रक्तदान अभियानको निम्ति एकजुद भए । उक्त कार्यक्रममा ३५० जना मानिसहरू सहभागी भए । उही समय, सैन पाब्लोमा अवस्थित परमेश्वरको मण्डलीका सदस्यहरू पनि स्थानीय सिटी हलको पामाना हलमा आयोजित रक्तदान अभियानमा पनि ओइरिएर आए ।
PRC र LCP कार्यक्रमका समयावधि भित्र अर्को रक्तदान अभियान आयोजना गरियो ।
अप्रिल १० तारिख, सेबूमा अवस्थित परमेश्वरको मण्डलीका ११३ जना सहभागी भएका थिए भने, लाओगमा अवस्थित परमेश्वरको मण्डलीबाट १८ जना सहभागीहरू भेला भएका थिए । पागाडेयन र ताक्लोबानमा अवस्थित परमेश्वरको मण्डलीहरूले पनि स्थानीय रेड क्रस समर्थनद्वारा रक्तदान अभियान आयोजना गरेको थियो ।
अप्रिल १७ तारिख, जेनेरल स्यानटोसमा अवस्थित परमेश्वरको मण्डलीले रबिन्सन मलमा आयोजना गरेको कार्यक्रममा १०० जना सहभागी भएको देखे । उहाँहरूले स्थानीय रेड क्रसद्वारा पनि समर्थन प्राप्त गर्नुभयो ।
फिलिपिन्स चाहिँ यस्तो रक्तदान अभियान श्रृंखलाबाट टाढा रहेको एक मात्र देश थियो । निस्तार-चाडमा समावेश परमेश्वरको प्रेम बाड्ने, एक मात्र उद्देश्यकासाथ एउटै समयमा धेरै वा थोरै गरेर संसार भरिका परमेश्वरको मण्डलीले विभिन्न ठाउँहरूमा रक्तदान अभियान आयोजना गरेको छ ।
निस्तार–चाडसम्बन्धि जन-चेतना
नयाँ करार निस्तार-चाडचाहिँ प्रसिद्ध अन्तिम भोजको बाइबलीय नाउँ हो । येशू ख्रीष्ट स्वयमले निस्तार-चाड तयारी गर्न लगाउनुभएर (मत्ती २६:१७-१८) (लूक २२:१५), निस्तार-चाडको रोटी र दाखमद्यलाई आफ्नो देह र रगत भन्नुभएर १२ जना चेलाहरूको निम्ति रोटी भाँच्नुभयो र कचौरा लिएर खान दिनुभयो (मत्ती २६:२६-२८)। येशूज्यू स्वर्ग उचालिनुभए पछि पनि चेलाहरूले निस्तार-चाड पालन गरी रहे (१ कोर ११:२३-२६)।
चाडको अर्थचाहिँ अनन्त सम्म रहिरहने विधि स्वरूप मान्नू हो (प्रस १२:१४)। प्रेरितको युगमा, परमेश्वर स्वयम येशू नाउँद्वारा शरीर धारण गरी आउनुभएर सिकाउनु भए तापिन आजभोलिका धेरै मानिसहरू निस्तार-चाडप्रति अनभिज्ञ छन् ।
परमेश्वरको मण्डली परमेश्वरको वचनअनुसार प्रति वर्ष पवित्र पात्रो(सोलार पात्रोअनुसार मार्च वा अप्रिल)को पहिलो महिनाको १४ औं दिनमा निस्तार-चाड पालन गर्दछ । अझ धेरै मानिसहरूलाई थाहा गराएर परमेश्वरको साँचो आज्ञा पालन गराउने इच्छाको साथ, परमेश्वरको मण्डलीले असल कार्यद्वारा निस्तार-चाडको घोषणा गर्दै, चाडको समयमा वार्षिक रूपमा रक्तदान अभियान आयोजना गर्दछ ।