परमेश्वरको मण्डलीका स्वयंसेवकहरूले CERT (सामुदायिक आपतकालीन राहत टोली) प्रशिक्षण प्राप्त गरे ।

१२०० जनाले आपतकालीन राहत टोली प्रशिक्षण प्राप्त गरे ।

पूरै सहरमा ८ फिट जतिको पानीद्वारा बाढी आउँदा यहाँहरू कसलाई फोन सम्पर्क गर्नुहुन्छ ?

क्षणभरमै, जीवनभर लगाएर बनाएको कुरा गुमाउँदा कसमा निर्भर हुनुहुन्छ ? यस्तो विपत्ति आइपर्दा, हामीहरू पुन: बालक भएर आफ्नी आमाको काखमा सान्त्वनाको निम्ति दौडेर जान चाहन्छौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका स्वयंसेवकहरू, स्वर्गीय माताको मनद्वारा हालसालै इष्ट कोष्टमा आएको विपत्तिहरूमा, विशेषगरी आइरीन र स्यान्डी तूफानमा तुरुन्तै कार्यमा उत्रे। यी दुवै तूफानले त्रि–राज्य क्षेत्रका लाखौं मानिसहरूको जीवनमा अत्याधीक प्रभाव छोडेको छ । सोही कुराले उनीहरूलाई CERT (सामुदायिक आपतकालीन राहत टोली) प्रशिक्षणमा डोऱ्यायो ।

आइरीन तूफान गएको समयमा, बर्गेन काउन्टी प्रहरी विभागका गुप्तचरले पहेलो ज्याकेट लगाएका स्वयंसेवकहरूको जीवंत आत्मा र उज्यालो मुस्कान याद गर्नुभएको रहेछ । केही कुराले तुरुन्तै उहाँको ध्यानआकर्षन गरेछ । एक वर्ष पछि, मावामा आश्रयमा कार्य गरिरहँदा, उहाँले उही पहेलो ज्याकेट पहिरिएकाहरू स्यान्डी तूफानको पछि गइरहेको देख्नुभएछ । तुरुन्तै उहाँले, “पहेलो ज्याकेट पहिरिएकाहरू यहाँ आइपुगे” भन्दै कराउनुभएछ । उनीहरू नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका स्वयंसेवकहरू थिए। र एक वर्ष पछि, गुप्तचर गिजेट पेट्रीले, १२०० प्रशिक्षित प्रथम राहत टोली सिर्जना गरेर, उहाँलाई गहिरो प्रभाव छोडेका परमेश्वरको मण्डलीका पहेलो ज्याकेट लगाएका स्वयंसेवकहरूलाई आधिकारिक रूपमा प्रमाणित गर्न, ह्याकेनस्याकमा अभूतपूर्व कार्यक्रमको आयोजना गर्नुभयो । CERT (सामुदायिक आपतकालीन राहत टोली) प्रशिक्षण पूरा गर्न धेरै हप्ता लाग्न सक्छ, तर परमेश्वरको मण्डलीका सन्तहरू, इष्ट कोष्टका सदस्यहरूसँग एकै दिनमा १२ घण्टाको प्रशिक्षणमा बसे।

स्वयंसेवकहरूले गन्तव्य स्थलमा आउन साथ, प्रोत्साहन दिँदै ताली बजाउँदै, उनीहरूको चिरपरिचित पहेलो ज्याकेट, र अनुहारमा मुस्कान पहिरिएर उत्साह प्रकट गरे । अधिकारीहरू पूरै दिन बर्गेन काउन्टी एकेडेमी प्रेक्षालयको उर्जा देखेर आश्चर्यचकित हुनुभयो, र यस्तो जोस कुनै पनि कक्षामा देखेको छैन भनेर वर्णन गर्नुभयो । सदस्यहरू उत्तरको न्यू हैम्पशीयर देखि दक्षिणको उत्तर क्यारोलिना, साथै बर्गेन काउन्टी सम्मको दुरीका यात्रा गरेर आएका थिए । तापनि उनीहरूले कुनै थकान देखाएनन्। आपतकालीन व्यवस्थापनको बर्गेन काउन्टी प्रहरी कार्यालयका गुप्तचर रोनाल्ड सालजानो, भर्ती भएका स्वयंसेवी आपतकालीन राहत टोलीलाई काउन्टीले दिने चुनौतीपूर्ण प्रशिक्षण लिन इच्छुक भएका परमेश्वरको मण्डलीका सन्तहरूको संख्या देखेर आश्चर्यचकित हुनुभयो । उहाँले, “स्वर्गदूतहरू हाम्रो माझमा हिँडिरहनुभएको छ । यहाँहरू हाम्रो आत्मिक प्राथमिक उपचारको सामग्री जस्तै हुनुहुन्छ” भन्दै वर्णन गर्नुभयो । न्यूज12 न्यू जर्सीले उक्त प्रशिक्षणको महत्व र न्यू जर्सीको समुदायमा यो कति अर्थपूर्ण छ भन्ने कुराको भिडियो खिचे ।

रात त्यती मै समाप्त भएन । CERT (सामुदायिक आपतकालीन राहत टोली) प्रशिक्षण पछि, काउन्टी, राज्य अधिकारीहरू, र अन्य साझेदार संस्थाहरूले केही वर्षहरूमा न्यू जर्सी राज्यप्रति मण्डलीले गरेको योगदानको कदर गर्दै र कृतज्ञता व्यक्त गर्न मण्डली र स्वर्गीय मातालाई, ११ वटा पुरस्कार प्रदान गरियो । “यहाँहरूले राज्यको निम्ति गर्नुभएको कुरा उल्लेखनीय छ । यहाँहरू बर्गेन काउन्टीका बासिन्दाहरूको निम्ति साँच्चै असल छिमेकी र साथी हुनुभएको छ । स्यान्डी तुफानबाट धेरै मानिसहरू प्रभावित भएका थिए, तर यहाँहरूचाहिँ हामीहरू त्यसबाट फेरि उठ्ने समयसम्म प्रत्येक पाइलामा हाम्रो साथमा हुनुहुन्थ्यो । अनि म यहाँहरूलाई बर्गेन काउन्टीका बासिन्दाहरूप्रति गर्नुभएको योगदानको निम्ति साँच्चै आभार व्यक्त गर्न चाहन्छु । हामीहरू यहाँहरूले हाम्रो निम्ति गत १४ महिनासम्म प्रशिक्षण लिनुभएको कुराको साँच्चै कदर गर्छौं र कहिल्यै बिर्सने छैनौं । अहिले यहाँहरू CERT प्रमाणित हुनुभयो, र यहाँहरूले आधिकारिक प्रशिक्षण लिनुभएकोले हामीहरू यहाँहरूबाट अझ धेरै सहयोगको अपेक्षा गर्दछौं ।” परमेश्वरको मण्डलीलाई प्रशंसा-पत्र दिनुभएकी, बर्गेन काउन्टी कार्यकारी क्याथलीन डोनोभ्यानबाट यस्तो कुरा सुनेर स्वयंसेवकहरू भावबिहोल भए । साथै परमेश्वरको मण्डलीले प्राप्त गरेको कुराहरू :

गत गर्मीयाममा सामुदायिक रक्त केन्द्रसँगै सहकार्य गरेर सेन्ट्रल जर्सीमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा मेयर डोनल बर्डेनबाट प्रशंसा-पत्र प्राप्त गरे । सन् २००९ देखि, रक्तदान केन्द्रसँगै परमेश्वरको मण्डलीका स्वयंसेवकहरूले ३,००० जनाको जीवन बचाएको छ ।

  • स्वयंसेवकहरूको समर्पण, र बर्गेन काउन्टीका ज्येष्ठ नागरिकहरू सेवाको निम्ति, ज्येष्ठ नागरिक सेवाका विभागबाट एक प्रतिष्ठित उपलब्धि पुरस्कार प्राप्त गरे ।
  •  न्यू जर्सीमा रगतको एकदमै खाँचो परेको समयमा र मेट लाइफ स्टेडियममा आयोजित बृहत् सामुदायिक रक्तदान अभियानमा रक्तदान गरेको कुरा सम्बोधन गर्दै न्यू जर्सी स्वास्थ्य विभागका आयुक्त मेरी ओ डाउडबाट उत्कृष्ट सामुदायिक सेवाको निम्ति प्रशंसा-पत्र प्राप्त गरे ।
  • स्तन क्यान्सर जन-चेतना महिनाको समयावधिमा फाउन्डेशनको तर्फबाट २०१३ जन-चेतनाको निम्ति पैदल सफरमा सहभागी हुनुभएकोमा इगलउड अस्पतालका अध्यक्ष, र चिकित्सा केन्द्रबाट प्रशंसा-पत्र प्राप्त गरे ।
  • सहयोगी हातहरू बढाइदिनुभएकोमा र ट्रेंटन डबल क्रस हाफ म्याराथन र १० किलोमिटर दौडमा फरक माहोल सृजना गरेकोमा अल्वेज अड्भान्सिङ र बँस इभेन्टबाट मान्यता पुरस्कार प्राप्त गरे ।
  • सन २०१२मा, न्यूयोर्क सहरमा आयोजित नयाँ यरूशलेम दिवस रक्तदान अभियानमा ५०० जनाको जीवन बचाएकोमा न्यूयोर्क रक्त केन्द्रबाट प्रशंसा-पत्र प्राप्त गरे ।
  • न्यू जर्सी वक फर हियरीङमा स्वयंसेवा कार्य गरेकामा उपलब्धि प्रमाण-पत्र प्राप्त गरे ।

रातको अन्तमा, कोठा अझ धेरै उत्साहले भरिएको थियो । सन्तहरू एकदमै प्रोत्साहित देखिन्थे, र उनीहरूले गरेको स्वयंसेवाले अन्य मानिसको जीवन, समुदाय र न्यू जर्सी राज्यमा ल्याएको भिन्नता महसुस गरे ।