जुन २३ तारिख केही घण्टामै, ध्रुवीय वर्षासँगै चट्याङले वेष्ट वर्जीनिया राज्यलाई जोरले हान्यो । ९ इञ्च भन्दा बढी जम्मा भएकोले अधिकांश राज्यमा विनाशकारी बाढी गयो । बाढीको कारण वेस्ट भर्जीनियाको मुख्य नदी- इल्क नदीको पानीको मात्रा सन् १८८८को अघिल्लो रेर्कड ३२ फिटलाई तोडेर ३३ फिट पुगेको थियो ।
हजारौं घरहरू र अन्य भवनहरू नष्ट हुनुको साथै क्षतिग्रस्त वा पूर्ण रूपमा बगाइलगिए । अनि कम्तीमा पनि २५ जनाले आफ्नो ज्यान गुमाए । धेरै जसो प्रभावित क्षेत्रहरू धेरै दिन बिजुली, ग्यास, र पानी बिनै बिताए । ८० प्रतिशत राज्य आपतकालीन स्थितिमा थियो ।
जुन २६ तारिख, छिमेकी राज्यबाट परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले तुरुन्तै, विपत्ति राहत कार्यद्वारा वेस्ट भर्जीनियामा आपतकालीन अवस्थामा प्रतिक्रिया देखाए ।
विपत्तिद्वारा क्षतिग्रस्त भएको क्षेत्र देखेर, उनीहरूले अझ सहयोगको खाचो महसुस गरे । २६० भन्दा बढी स्वयंसेवकहरूले आफ्नो स्वतन्त्र दिवस सप्ताहान्त वेस्ट भर्जीनिया क्लेन्देनिन सर-सफाई गर्ने निर्णय गरे। स्वयंसेवकहरू सानो समुह बनाएर हरेक घर दैलोमा गएर, माटो र फोहोर हटाइदिने, पानीले क्षतिग्रस्त जिब्सन बोर्ड र घरआयसी सामानहरूलाई, पछि फोहोर उठाउने टोलीहरूले एकट्ठा गरी हटाउन् भनेर ती फोहोरलाई सडकमा थुपारे। घरधनीहरूलाई सकाउन हप्तौं वा महिनौं लाग्ने कुरा, स्वयंसेवकहरूले एकताबद्ध भई कार्य गरेर चाडै सकाए ।
परमेश्वरको मण्डलीका स्वयंसेवकहरूले पाल टाँगेर प्रेमको भोजन तयार गरे । बाढी पिडितहरूलाई र अन्य स्वयंसेवकहरूलाई नाश्ता, प्याकेटको खानेकुरा, पानी, सफाई सामग्री, स्वच्छ कुराहरू, खेलौना, डाइपर इत्यादि वितरण गरे । साथै बाल-बालिकाहरूको निम्ति अनुहार चित्रकारी पनि गरे ।
विपत्ति राहत अभियान पछि, क्लेन्देनिन बासिन्दाले परमेश्वरको मण्डलीका स्वयंसेवकहरूलाई सन्देश पठाएका
“यो सप्ताहान्त क्लेन्देनिन, वेस्ट भर्जीनियाका बाढी पिडितहरूलाई यहाँहरूको टोलीले पुर्याएको सहयोगको निम्ति हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु । म चाहिँ यहाँहरूको स्वयंसेवी टोलीको एक जनासँगै एक परिवारको पानीले भरिएको बेस्मेन्ट र ग्यारेज सफा गर्ने क्रममा हिलोमा लडिबूडि गर्दै “आनन्द” पाएको स्वयंसेवी छिमेकी हुँ । त्यो यति गन्हाइरहेको थियो कि मैले खाएको सबैकुरा ओकल्नु अघिसम्म म बेस्मेन्टमा छोटो समयसम्म मात्र बस्न सकें, तर यहाँहरूले भने चाहिँ सहेर एकदमै राम्रो कार्य गर्नुभयो । यहाँहरूले सहयोग गर्नुभएको बासिन्दाहरूले यति सराहना गरिरहनुभएको छ कि जुन कुरा म व्यक्त गर्न पनि सक्दिनँ । साथै मैले यहाँहरूको टोलीबाट सबैभन्दा स्वादिष्ट हटडग खाएँ, टपिङ्क एकदमै सुन्दर थियो । कृपया मलाई पनि रेसिपि दिनुहोला । पुन: एक पटक, साँच्चै धन्यवाद ।”
बासिन्दाहरू क्षति, शोक र आफ्नो अगाडि भएको अन्त्य नहुने जस्ता देखिने कामले अभिभूत भइरहेको समयमा, परमेश्वरको मण्डलीका स्वयंसेवकहरूले सहयोगी हातहरू बढाए । अझ महत्वपूर्ण कुराचाहिँ उनीहरूले स्वर्गीय माताको प्रेमद्वारा पिडितहरूमा आशा भरिदिए ।