सन् २०१७ अप्रिल २३ तारिख, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका स्वयंसेवकहरूले, सँगै “मेलबर्न भित्री सहर सर-सफाई” अभियानमा रचनात्मक समय बिताए।
पहेलो ज्याकेट लगाएका स्वयंसेवकहरू, सहरभरि छरेर हिँड्दा उनीहरू पुरै सहरको चर्चाको विषय बन्न पुगे । सहरलाई अझ सुन्दर बनाउने उद्देश्यका साथ, उनीहरूले सडकमा छरिएका फोहोरहरू सफा गरे । सर-सफाई गरिरहेको उनीहरूको त्यो स्वरूप देखेर मेलबर्नियन र पर्यटकहरूले, “राम्रो गर्दैहुनुहुन्छ”, “धन्यवाद” भन्दै आफ्ना प्रतिक्रिया जनाए । साथै उनीहरूले समर्पित स्वयंसेवकहरूको स्वर्गदूतहरूझैँ चम्किरहेको मुहारको प्रशंसा गरे ।
मेलबर्न चाहिँ आफ्नो सुन्दर वातावरणको निम्ति चिनिने आधुनिक सहर हो । तर, नजिकबाट नियालेर हेर्दा, परिषद सफाई मेसिनहरूको पहुँचभन्दा बाहिरका ठाउँहरू धेरै थिए । खोलाको किनारमा असंख्य बोतलहरू थिए । त्यसैगरी, फ्लीन्डर स्ट्रीट स्टेशन नजिकैको सुन्दर परिदृश्यमा जहीँ त्यहीँ हजारौँ चुरोटका टुक्राहरू छरिएका थिए । दूध राख्ने क्रेट र सूटकेस जस्ता ठोस फोहोरहरू पनि थिए ।

९० भन्दा बढी स्वयंसेवकहरूको उज्यालो मुस्कान
९० भन्दा बढी स्वयंसेवकहरूले करिब ३३० के.जी. फोहोर सङ्कलन गरे । उनीहरूले सावधानीपूर्वक फोहोरलाई ३४ वटा प्लाष्टिकमा र “अष्ट्रेलिया सर-सफाई दिवस”ले प्रदान गरेका ३२ वटा ठूलो फोहोर राख्ने प्लाष्टिकमा छुटाए ।
भारतमा सद्दा देश पन्जाबी पत्रिकाका पत्रकार राज कपुरले, मेलबर्नमा अवस्थित परमेश्वरको मण्डलीको लगनशील कार्यको प्रशंसा गरे । तिनले भने, “परमेश्वरको मण्डलीलाई यो देशलाई आफ्नो परिवार सरह रेखदेख गरेको देखेर म साँच्चै खुशी छु । म हालसालै भारतबाट आएको हुँ, र यति सुन्दर परिवारसँग भेट हुँदा म साँच्चै खुशी छु ।” उक्त सर-सफाई २,७०० वटा प्रान्तमा, र भारत लगायत १७५ वटा देशमा भइरहेको कुरा सुनेर खुशी थिए । “यहाँहरू साँच्चै परमेश्वरको समाचारवाहक हुनुहुन्छ” भन्दै आफ्नो कुरा व्यक्त गरे ।
स्वयंसेवकहरूले उक्त दिन निकै रमाइलो गरे । उनीहरूमध्ये जेनी नाउँ गरेकी उच्च माध्यमिक तहकी विद्यार्थी थिइन् । तिनले यसो भनिन्, “विद्यालयमा मैले कहिल्यै सर-सफाई नगरेकीले आज एकदम खुशी लागिरहेको छ । परमेश्वरको मण्डलीसँगै मेलबर्न भित्री सर-सफाई गर्न, र युवाको रूपमा यो अवसर पाएकोमा म एकदमै खुशी छु । समुदायलाई सहयोग गर्न पाउँदा, र पिता परमेश्वर र माता परमेश्वरको महिमा चम्काउन पाएकोमा म एकदमै खुशी छु ।”
मेलबर्न भित्री सहर सर-सफाईको पहलले धेरै सरकारी अधिकारीहरूलार्इ चकित तुल्यायो
भिक्टोरियाको गर्भनर माननीय लिन्डा डेसाउ AC, र एन्थोनी हवर्ड QC ले मण्डलीका स्वयंसेवकहरूलाई व्यक्तिगत चिट्ठी पठाउनुभएको थियो । चिट्ठीमा, स्थानीय समुदायमा उनीहरूले निर्वाह गरेको महत्वपूर्ण भूमिका र असल कार्यलाई निरन्तरता दिनको निम्ति स्वयंसेवकहरूलाई प्रोत्साहन र धन्यवाद व्यक्त गरिएको थियो ।
यसको अतिरिक्त, सांसद एदम बान्ड फेडरलले उक्त टोलीलाई चिट्ठी पठाउनुभएको थियो । उहाँले उक्त मौकालाई स्वयंसेवकहरूलाई चिन्न र मेलबर्नका स्थानीय हरियाली ठाउँहरूलाई सुरक्षित राख्न उहाँहरूले गर्नुभएको योगदानको निम्ति धन्यवाद व्यक्त गर्नुभयो ।
थप वातावरण पोर्टफोलियोका अध्यक्ष, क्याथी ओकेले उनीहरूलाई व्यक्तिगत रूपमा धन्यवाद दिनको निम्ति मेलबर्न टाउन हलको, सुन्दर महारानी कक्षमा स्वयंसेवकहरूको निम्ति बिहानको चिया-पानको आयोजना गर्नुभएको थियो।
परमेश्वरको मण्डली माता परमेश्वरको प्रेम बाड्नको निम्ति मोर्डिअलोक समुद्री तटमा अर्को सर-सफाई कार्यक्रम आयोजना गरेको छ । परमेश्वरको मण्डलीले वातावरणीय स्थिरताको निम्ति निरन्तर प्रयासको रूपमा प्रत्येक महिना सर-सफाई गर्दैआएको छ ।