संसारमा परमेश्वरको मण्डली
परमेश्वरको मण्डली, सन् १९६४मा दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूद्वारा पूर्वको पल्लो कुनाको देश, गणतन्त्र दक्षिण कोरियामा स्थापना भएको थियो । ‘परमेश्वरको मण्डली’ भन्ने नाउँको उत्पत्ति बाइबलबाटै भएको हो (१ कोर १:२; गला १:१३), र यसमा “परमेश्वरद्वारा स्थापित मण्डली,” “परमेश्वर मालिक हुनुभएको मण्डली” भन्ने अर्थ समावेश छ । परमेश्वरको आशिष्भित्र आधा शताब्दीमै यो मण्डली १७५ वटा देशहरूमा ७,५०० वटा मण्डलीहरू स्थापना भएर सन्तहरूको सङ्ख्या लगभग ३५ लाख हुनेसम्म वृद्धि भएको छ, अनि ‘सबै मानिसहरूमाझ मुक्तिको खबर र खुशी बाँड्ने’ लक्ष्यका साथ मण्डलीले विभिन्न स्वयंसेवा गतिविधिहरू गर्दैआएको छ ।
सुरू मण्डलीको शुद्ध सत्यतालाई विश्वास गर्ने परमेश्वरको मण्डली
परमेश्वरको मण्डलीले २,०००वर्ष अगाडि येशूज्यू आउनुभएर, स्वयमले शिक्षा दिनुभएको र उदाहरण देखाइदिनुभएको नयाँ करारको सत्यता र विश्वासलाई सिकिरहेको छ । येशूज्यूले शबाथ-दिन, निस्तार-चाड, तीन चरणका सात वटा चाडहरू, इत्यादि सिकाइदिनुभए तापनि समयको बहावसँगै परमेश्वरको आज्ञाहरू परिवर्तन भयो । हामी बाइबलमा आधारित भएको सुरू मण्डलीको नयाँ करारको शुद्ध सत्यता र विश्वासलाई पुनर्स्थापना गरिरहेका छौं ।
साँचो प्रेमलार्इ व्यवहारमा लागु गर्ने परमेश्वरको मण्डली
परमेश्वरको मण्डलीले पिता परमेश्वर(मत्ती ६:९) र माता परमेश्वर(गला ४:२६) माथि विश्वास गर्दछ । परमेश्वरको मण्डलीमा आएर २,०००बर्ष अगाडि येशू ख्रीष्टले खडा गर्नुभएको सुरू मण्डलीको शुद्ध सत्यता थाहा पाउनुहोस् ।
प्रका २२:१७ पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
परमेश्वरको मण्डलीले विश्वभरि वातावरण सर-सफाई, रक्तदान अभियान, विपत्ति राहत, सामाजिक सहयोग इत्यादि जस्ता विभिन्न स्वयंसेवा गतिविधिहरूद्वारा परमेश्वरको प्रेमलार्इ व्यवहारमा लागु गरिरहेको छ ।