सन् २०१५ मे २९ तारिख, समाजप्रति सकरात्मक योगदान पुऱ्याउने सर्वोत्कृष्ट सङ्गठनलार्इ दक्षिण कोरियाली सरकारबाट दिइने उच्चस्तरीय पुरस्कारद्वारा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज राष्ट्रपतीय प्रशंसा-पत्रद्वारा पुरस्कृत भयो । उक्त पुरस्कारचाहिँ ५ वर्ष भन्दा बढी समयसम्म कुनै निश्चित क्षेत्रमा लगातार सेवाको कार्य गर्ने समुह वा सङ्गठनलार्इ दिइने पुरस्कार हो । परमेश्वरको मण्डलीले उक्त पुरस्कार, भक्तिको स्वयंसेवा कार्यहरूको निम्ति प्राप्त गऱ्यो, विशेषत: कोरियाभर समुद्री वातावरण संरक्षण र समुद्री विपत्ति राहत कार्यको निम्ति ।
थेआनको आसपासका क्षेत्रमा पोखिएको तेललार्इ सफा गर्दै(ठूलो मात्रामा राष्ट्रिय उपवाद), यसुका तेल पोखिएको क्षेत्रहरूमा नि:शुल्क खाना वितरण सेवा, साथै गोसङ क्षेत्र, ग्यङनाम प्रान्त, जन्नाम प्रान्तका वान्दो र जुन्दो क्षेत्रहरूमा आँधी मर्मत सम्भार सेवा लगायत कोरियाभरिका विभिन्न विपत्ति ग्रस्त क्षेत्रहरूमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले राहत र पुनर्स्थापनको प्रयत्न गर्दैआएको छ ।
सन् २०१४को सेवल-हो जहाज दुर्घटना, जसले राष्ट्र र विश्वव्यापी समाजलार्इ शोकमा पुऱ्याएको बेला, जन्नाम प्रान्तमा अवस्थित परमेश्वरको मण्डलीले ७०० जना नागरिकहरूसँग शोक मनाउन ४४ दिनसम्म नि:शुल्क खाना वितरण गरेका थिए ।
सन् २०१५ जुन ८ तारिखमा, सेजोङ सेन्ट्रल सरकारी कम्प्लेक्समा आयोजित पुरस्कार वितरण कार्यक्रममा महासागर र मत्स्यको उप-महानगरका उप-राष्ट्रपति, गिम यङ सुकले, परमेश्वरको मण्डलीलार्इ सरकारी पदक र राष्ट्रपतीय प्रशंसा-पत्रद्वारा सम्मान गरे । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज चाहिँ, उक्त पुरस्कार प्राप्त गर्ने एक मात्र धार्मिक सङ्गठन हो ।
कोरियाली राष्ट्रपतीय प्रशंसा-पत्र र त्यसको महत्व

पहिलो चरण : जनताहरूबाट प्रमाणिकरण खोल्नको निम्ति परमेश्वरको मण्डलीले सन्तोषजनक उतीर्ण हुनुपर्छ । उक्त चरणमा पुरस्कार दिने सङ्गठनले अनलाईन फारममा गत ८ वर्षदेखि, मण्डलीले गर्दैआएको स्वयंसेवाका कार्यहरूको विषयमा परिचय दिए । पूरै महिना, लगभग सबैलाई परमेश्वरको मण्डलीले किन राष्ट्रपतीय प्रशंसा-पत्र पाउनुहुँदैन भनेर, मुद्दा बनाउन मौका दिइएको थियो । तर, परमेश्वरको मण्डलीले राष्ट्रपतीय प्रशंसा-पत्र पाउनु हुँदैन भनेर विरोध गर्ने एक जना पनि थिएन ।
दोस्रो चरण : परमेश्वरको मण्डली पृष्ठभूमि जाँचबाट पनि गुज्रियो । कतै मण्डलीप्रति समुदायमा कुनै आलोचना छ, वा कुनै आपराधिक गतिविधिमा संलग्न छ कि भनेर सुनिश्चित गर्न विस्तृत रूपमा जाँच गरियो । परमेश्वरको मण्डलीको कुनै आपराधिक इतिहास नभएको कुरा पुष्टि गरेपछि, मण्डली तेस्रो चरणको प्रक्रियामा प्रवेश गऱ्यो ।
तेस्रो चरण : समुद्र तथा सत्स्य मन्त्रालयले परमेश्वरको मण्डलीलार्इ सार्वजनिक समिति बैठकमा जाँच गऱ्यो । उक्त बैठकमा सर्वसाधारण तथा नगर अधिकृतहरू थिए, जसमा आधाभन्दा बढी चाहिँ फरक धार्मिक पृष्ठभूमिका थिए भने परमेश्वरको मण्डलीको मान्यतासँग असहमत हुनेहरू पनि थिए । तर कुनै पनि समितिका सदस्यहरू मण्डलीको स्वयंसेवाका कार्यहरू विरूद्ध तर्क गर्ने कोही पनि थिएनन् ।
चौथौँ चरण : समुद्र तथा मत्स्य मन्त्रालयको जाँच सकिएपछि, सरकारी प्रशासन तथा गृह मन्त्रालयले पनि परमेश्वरको मण्डलीको जाँच गऱ्यो । अनि उनीहरू पनि, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दक्षिण कोरिया र त्यहाँको मानिसहरूको समर्पणको निम्ति राष्ट्रपतीय प्रशंसा-पत्र पाउन योग्यको छ भन्ने निष्कर्षमा पुगे ।
पाँचौँ चरण : राष्ट्रपतिको सचिवालयले अन्तिम जाँच गरे । यहाँ, मन्त्रीमण्डलका सम्पूर्ण सदस्यहरूले परमेश्वरको मण्डलीको कार्यहरू चाहिँ राष्ट्रपतीय प्रशंसा-पत्र पाउन योग्यको छ भन्ने कुरामा सहमत भए ।
छौटौँ चरण : सम्पूर्ण जाँच र समीक्षा समाप्त भएपछि, दक्षिण कोरियाको राष्ट्रपतिकहाँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले राष्ट्रपतीय प्रशंसा-पत्र दिनुपर्ने कारण प्रस्तुत गरिन्छ ।
उपमन्त्रीले राष्ट्रको सेवाको लागि चर्च अफ गडको प्रशंसा गरे
पुरस्कार दिने समयमा, उप-राष्ट्रपति गिमले परमेश्वरको मण्डलीले गरेको कडा परिश्रमको यसो भन्दै प्रशंसा गर्नुभयो :
“परमेश्वरको मण्डली चाहिँ दु: खी भूमिमा आत्मिक विश्वासनिय ठाउँ भएको छ । यहाँहरूले आफ्नो लगातारको परिश्रमद्वारा सबै मानिसहरूलार्इ प्रेमको सन्देश देखाउनुभएको छ । यहाँहरूलार्इ राष्ट्रपतीय प्रशंसा-पत्र पुरस्कार दिन उचित छ । हामीहरू यहाँहरूको कडा परिश्रमको कदर गर्दछौं ।”
उप-राष्ट्रपतिले परमेश्वरको मण्डलीको विषयमा थप कुराहरू गर्दै, र सेवल-हो जहाजको दु:खद घटना पछि मण्डलीको स्वयंसेवा कार्यद्वारा प्रभावित भएको कुरा बताउनुभयो :
“अझ भन्ने हो भने, यहाँहरूले कुनै गुनासो नगरी असंख्य मानिसहरूलार्इ नि: शुल्क खानाको बन्दोबस्त गर्नुभयो । यहाँहरूको उज्यालो मुस्कान र हेरचाह पीडितहरूको निम्ति ठूलो सान्त्वना भएको थियो होला । यहाँहरूले यस्तो मानसिकताद्वारा कोरियालार्इ राम्ररी डोऱ्याउनुहुनेछ भनेर आशा गर्दछौं । हामी यहाँहरूको प्रेम र प्रयत्नलार्इ सधैँ याद गर्नेछौं ।”
पुरस्कार प्राप्त गर्दै, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पाष्टर गिम जु छलले, आफ्ना दुई शब्द राख्नुभयो :
“हालसम्म, हाम्रो मण्डलीका सन्तहरूले आफ्नो व्यस्त जीवनशैलीको बावजुद एउटै मनद्वारा देशभरका आफ्ना छिमेकी र समाजलार्इ सहयोग गर्दै आएका छौं । यो सबै सम्भव भएको चाहिँ, हामीहरूको सबै कार्यको केन्द्रमा, हामीलार्इ प्रेम दिन र अरूको सेवा गर्न उदाहरण देखाउनुभएका परमेश्वरको शिक्षा भएकोले गर्दा हो । हामीहरू प्रेमद्वारा आफ्नो परिवारको हेरचाह गर्नुहुने आमाको जस्तो मनद्वारा हाम्रो क्षमताले भ्याएसम्म सहयोगी हातहरू अगि बडाउनेछौं ।”
कोरियामा सरकारद्वारा जारी गरिएका अन्य सबै पुरस्कारहरूमध्ये, व्यक्तिले पाउने सबैभन्दा प्रतिष्ठित पुरस्कारचाहिँ योग्यता पदक हो भने समूह वा सङ्गठनले चाहिँ राष्ट्रपतीय प्रशंसा-पत्र हो । राष्ट्रपतीय प्रशंसा-पत्र सम्मानित गरिएको धेरै वर्षमा, कुनै धार्मिक सङ्गठन उक्त पुरस्कारद्वारा सम्मानित भएको चाहिँ यो पहिलो पटक हो । राष्ट्रपतीय प्रशंसा-पत्र प्राप्त गर्नुचाहिँ, परमेश्वरको मण्डली र त्यहाँको शिक्षाको सव्यताको गवाही हो । जसले सन्तहरूलार्इ अनुकरणीय नागरिक र समाजको भलाईको निम्ति योगदान पुऱ्याउन सहयोग गर्दछ ।