डेन्भरमा अवस्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाज स्वर्ण पुरस्कारद्वारा पुरस्कृत
आफ्नो स्वयंसेवा कार्यद्वारा राष्ट्र र समाजलाई प्रबल बनाउने उहाँहरूको प्रतिबद्धतालाई मान्यता र कदर गर्दै डेन्भरमा राष्ट्रिय निगम र सामुदायिक सेवाको निम्ति परमेश्वरको मण्डली विश्व सुसमाचार समाज राष्ट्रपतीय पुरस्कारद्वारा पुरस्कृत भयो ।
राष्ट्रिय निगम र सामुदायिक सेवा
याद गर्नुपर्ने कुरा
राष्ट्रपतीय स्वयंसेवा पुरस्कारद्वारा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । अनि देश र समाजको सबैभन्दा जरूरी पक्षमा सहायता पुर्याइदिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।
मैले उघाटन व्याख्यानमा, प्रत्येक अमेरिकीहरूमा आफ्नो देश र विश्वप्रति आफ्नो दाइत्व छ । अनि हामीलाई जिम्मेवारीको नयाँ युगको आवश्यक छ भनेर भनेको थिएँ । यी चाहिँ हामीहरू गर्वको रूपमा लिने कर्तव्य होइनन् । तर यहाँहरूको स्वयंसेवा कार्यले अमेरिकालाई आफ्नो महान् प्रतिज्ञातर्फ एक कदम अगि बढ्न र समाजप्रति कस्तो प्रतिबद्धता हुन आवश्यक छ भन्ने कुरा देखाउँछ ।
हाम्रो राज्यले जीवनकालमा सबैभन्दा चुनौतीपूर्वक आर्थिक संकटको सामना गरिरहेको छ । हामी सबैले एक भएर कार्य गरेमा मात्र अमेरिकालाई नयाँ बनाउन सक्छौं । व्यक्ति, निजी क्षेत्र र सरकार मिलेर हेरक व्यक्तिले आफ्नो योग्यता पूरा गर्ने अवसर प्राप्त गर्न सक्ने गरी साँचो र रहिरहने परिवर्तन ल्याउन परिश्रम गर्नुपर्छ ।
सरकारले समाजलाई सेवा गर्ने अझ अवसरहरू खोलिदिँदा, ती अवसरहरू पक्रने कुरा चाहिँ हामीमा निर्भर हुन्छ । हाम्रो महान् राष्ट्रको सुनौलो भविष्यको निम्ति यहाँहरूको योगदानको निम्ति व्यक्त गर्न चाहन्छु ।