शनिबार आराधनाको दिन – शबाथ-दिन याद राख

शबाथ-दिनको विषयमा

अधिकांश ख्रीष्टियानहरूलाई परमेश्वरलाई पुज्ने दिनको विषयमा थाहा छ । अनि मुख्यधारा ख्रीष्टियान धर्मले त्योचाहिँ आइतबार हो भनेर सिकाउँने गर्छन् । ख्रीष्टियान धर्ममा ८५० भन्दा बढी फरक सम्प्रादायहरू छन्, तर भिन्न तर्क हुनुचाहिँ अपरिहार्य हो । तसर्थ कसैले आराधना गर्ने सही दिन आइतबार हो भन्नेहरू, शनिबार हो भनेर विश्वास गर्नेहरू, निश्चित दिन छैन भन्नेहरू छन्, वा कुनै पनि दिन अथवा हरेक दिन हुन सक्छ भनेर सोच्नेहरू पनि छन् ।

प्रकाश २२:१८-१९ यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु : यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ । अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ ।

सम्प्रादयको बावजुद, ख्रीष्टियानको आधार नै बाइबल हो । परमेश्वरले बाइबल पढ्नेहरूलाई चेताउनी दिनुभएको छ । अनि त्यो पढ्नेलाई, आफ्नो व्यक्तिगत सोच र विचार नथप्नु भन्नुभएको छ । यो परमेश्वरको पूर्ण वचन हो । अर्को शब्दमा भन्नुपर्दा, विश्वासी जीवन जीउने र परमेश्वरमा विश्वास गर्नेहरूले बाइबलको वचनमा एउटा पनि थप्नु हुँदैन र अर्थ लगाउनु हुँदैन ।

आराधनाको दिनको उत्पत्ति

सृष्टिको समयदेखि नै उत्पत्तिको पुस्तकमा शबाथ-दिनको उत्पत्ति भएको हो ।

उत्पत्ति २:१-३ यसरी आकाशमण्डल र पृथ्वी र तिनमा भएका सबैकुरा बनाइसिद्धिए । आफूले गर्नुभएका काम छैटौं दिनमा परमेश्वरले सिद्ध्याउनुभयो । अनि सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो । अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, ’cause आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।

उत्पत्तिको पुस्तकअनुसार, परमेश्वरले ६ दिनसम्म काम गर्नुभयो । तर अन्तिम दिन अर्थात् सातौँ दिनमा, परमेश्वरले आशिष् दिन र पवित्र गराउन विश्राम गर्ने दिनको रूपमा चुन्नुभयो । यो नै आराधनाको दिन, विश्राम दिनको उत्पत्ति हो ।

दश आज्ञामा शबाथ-दिन

अझ स्पष्ट गर्नको निम्ति, परमेश्वरले सातौँ दिनलाई दश आज्ञामा समावेश गर्नुभयो र शबाथ-दिन भनेर नाउँ दिनुभयो ।

प्रस्थान २०:८-१० “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू । छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो ।”

परमेश्वरले मोशालाई शिनै पर्वतमा दश आज्ञा दिनुभयो । तीमध्ये चौथौँ आज्ञा चाहिँ शबाथ-दिन पवित्र मानेर पालन गर्नु हो । यसको अर्थ हप्ताको बाँकी ६ दिनहरूभन्दा फरक कार्य गर भन्ने हो । त्यो नै परमेश्वरको आराधना गर्नु हो । मुख्यधारा ख्रीष्टियानहरू दश आज्ञा चाहिँ पालन गर्न कोसिस गर्छन् । तिनीहरूलाई त्यो इस्राएलीहरूको निम्ति दिइएको नियम मात्र नभई आजको दिनमा परमेश्वरलाई विश्वास गर्ने विश्वासीहरूको निम्ति पनि हो भनेर थाहा छ । त्यसोभए किन आराधनाको दिनको विषयमा तिनीहरूको विचार फरक भएको होला ? शबाथ-दिन कुन बार होला ?

शबाथ-दिन शनिबार हो ।

शबाथ-दिनमा, परमेश्वरले आफ्ना मानिसहरूलाई आशिष् दिनुको साथै पवित्र तुल्याउनुहुन्छ । परमेश्वरलाई सही तरिकाले आराधना चढाउनको निम्ति यो कुरा बुझ्न अत्यावशेक छ । वास्तवमा, शबाथ-दिन पालन गरेमा, हामीले परमेश्वरको चिन्ह प्राप्त गर्छौं र परमेश्वरले चुन्नुभएको मानिस हुन सक्छौं ।

प्रस्थान ३१:१३ “तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू । तिमीहरू र मेरो बीच यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरू थाहा पाओ ।”

तर, आराधनाको दिनको सही दिनमा ख्रीष्टियान धर्ममा सहमतिको अभाव छ । धेरै जसोले शबाथ-दिन वा आराधनाको दिन आइतबार हो भनेर सिकाए तापनि, वास्तवमा चाहिँ शनिबार हो ।

बाइबलमा पनि शबाथ-दिन शनिबार हो, आइतबार होइन भनेर देखाएको छ ।

मर्कूस १६:१-२, ९ श्बाथ-दिन बितेपछि मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य येशूको शरीरमा घस्नलाई किने । साताको पहिलो दिनमा बिहानै घाम झुल्कँदा तिनीहरू चिहानमा गए । … हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि ।

आइतबार बिहानै येशू मृतकहरूबाट जीवित भई उठ्नुभएपछि, उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । (गुड न्यूज अनुवाद)

येशूज्यू हप्ताको पहिलो दिन, आइतबार, शबाथ-दिनको भोलिपल्ट पुनरुत्थान हुनुभयो । अर्को शब्दमा भन्नुपर्दा, शबाथ-दिन शनिबार हो ।

ख्रीष्टले शबाथ-दिन पालन गर्नुभएको

२,००० वर्षअघि, येशूज्यूले आफ्नो सेवकाईमा गर्नुभएको सम्पूर्ण कुराहरू, आफ्नो हितको निम्ति नभई मानिसहरूलाई कसरी उहाँको चेला बन्न सकिन्छ । कसरी ख्रीष्टियान बन्न सकिन्छ भनेर देखाउनको निम्ति थियो ।

यूहन्ना १३:१५ किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।

येशूले हामीहरूलाई शबाथ-दिन कसरी पालन गर्नुपर्छ भनेर सिकाउनको निम्ति शबाथ-दिन पालन गर्नुभयो ।

लूका ४:१६-१७ उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो । उहाँलाई यशैया अगमवक्ताको पुस्तक दिइयो ।

सुरु मण्डलीले शबाथ-दिन पालन गरेको ।

येशूज्यूको उदाहरणलाई पछ्याउँदै, चेलाहरूले उहाँ स्वर्गारोहण हुनुभएपछि पनि शबाथ-दिन पालन गरे ।

प्रेरित पावल ख्रीष्ट क्रूसमा टाँगिनुभएको करिब तीस वर्षपछि ख्रीष्टियान भए पनि तिनले शबाथ-दिन पालन गर्न सिकाएका छन् ।

प्रेरित १७:२ पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए,

र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे ।

प्रेरित १८:४ हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउन प्रयत्न गर्थे ।

प्रेरित पावल ख्रीष्टको सुसमाचार सुनाउने तिनको जोस र सहासको निम्ति तिनी प्रेरितहरूका पनि प्रेरितको रूपमा परिचित छन् । तिनले ख्रीष्टको उही आदतलाई पछ्याए, अर्थात् तिनले शबाथ-दिन पालन गरे ।

शबाथ-दिन आइतबारमा परिवर्तन भएको

बाइबलमा ख्रीष्ट र चेलाहरूले शनिबार शबाथ-दिन पालन गरेको कुरा उल्लेख गरिएको भए तापनि, हिजोआज मानिसहरू आराधनाको दिनलाई आइतबारसँग तुलना गरिरहेका छन् ।

ख्रीष्ट उचालिनुभएपछि मण्डली, पश्चिमी क्षेत्रहरू लगायत रोममा फैलँदै, विस्तार हुँदै गयो । त्यहाँ मण्डली धर्मनिरपेक्ष भयो र पेगन धर्मको रीतिथिति र शिक्षाहरू अपनायो । पेगन धर्मका प्रधान पुजाहारी भएका रोमका सम्राट कन्स्टेन्टाइनले, ई.सं. ३२१मा आइतबारलाई कानूनी रूपमा आराधनाको दिनको रूपमा आदेश दिए, र शबाथलाई अवैध गरे ।

“ई.स.३२१मा कन्स्टेन्टाइनले हप्ताको पहिलो दिनलाई बिदाको दिनको रूपमा नियुक्त गरे । तिनले उक्त दिन सूर्यको उपासना गर्ने दिन भनेर भने ।”

The History of Christianity, Time Dowley – Lion Pub. – 1990

त्यो समयदेखि, मण्डलीहरूमा आइतबार आराधना सामान्य कुरा भयो । र यो चलन अहिले पनि देखिन्छ । तर, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजचाहिँ आफ्नो शिक्षाको आधार केवल बाइबलमा केन्द्रित गर्छ । र आराधनाको साँचो दिन, शनिबार शबाथ-दिन पालन गर्दछ ।

परमेश्वरको मण्डलीले सधैँ पालन गर्नुपर्ने शबाथ-दिन

शबाथ-दिन चाहिँ सृष्टिकर्ता परमेश्वरलाई सम्झने सम्झनात्मक दिन हो । बाइबलमा परमेश्वरलाई प्रेम गर्ने र उहाँको आराधना गर्नेहरूले सधैँ शबाथ-दिन पालन गर्नुपर्छ भनेर वर्णन गरेको छ ।

यशैया ५६:६-७ परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा आनन्दित तुल्याउनेछु ।

बाइबलमा असंख्य अगमवाणीहरू छन्, तर कही पनि आराधनाको दिन परिवर्तन गर्दा हुन्छ भनेर लेखिएको छैन । वास्तवमा, अन्य जातिहरू पनि शबाथ-दिनमा परमेश्वरकहाँ आउनेछन् भनेर गवाही दिएको छ । हामीहरू अहिले यो अगमवाणी फरक राष्ट्रियताको बावजुद, संसार भरिका परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले शबाथ-दिन पालन गरेर परमेश्वरको आशिष् पाइरहेकोले यो अगमवाणी यहाँ पूरा भएको देख्न सक्छौं ।