मुक्तिदाता र नयाँ नाउँ, ख्रीष्टको नयाँ नाउँ

मुक्तिदाताको नाउँको महत्व

परमेश्वरको मुक्तिको कार्यलाई नियालेर हेर्‍यो भने, मुक्तिदाताको नाउँ जान्न किन अत्यावश्यक छ भन्ने कुरा बुझ्न सकिन्छ । हामीलाई मुक्ति दिनको निम्ति, परमेश्वरले पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग गरेर तीन वटा युग बनाउनुभएको छ । यी तीन वटै युगमा परमेश्वरले फरक-फरक नाउँ लिएर मुक्तिदाताको रूपमा देखा पर्नुभएको छ । यो युगमा, मुक्ति चाहिँ परमेश्वर भनेर पुकारेमा मात्र नभई युगको मुक्तिदाताको नाउँ जान्नुपर्दछ । बाइबलको मुख्य अवधारणाले उक्त कुरा स्पष्ट गराउँछ ।

उपदेशक ३:१ सबै कुराको लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ ।

परमेश्वरले हामीलाई मुक्ति पाउन सिमित समयावधि दिनुभएको छ ।

यस पृथ्वीमा सबैकुराको उद्देश्य भए जस्तै, परमेश्वरमा हाम्रो विश्वासको पनि उद्देश्य छ ।

यस पृथ्वीमा जिउनेसम्म, हामीहरू समय र सीमामा बाँधिएका छौं । त्यसैले बाइबलमा सबैकुराको समय र बेला छ भनिएको छ । सबैकुराको सीमा छ, र हरेक कुराको सुरू र अन्त हुन्छ । उदाहरणको लागि, पसलमा दूध खरिद गर्दा पनि, त्यसको म्याद सकिने मिति हुन्छ । त्यो मितिले अब दूध पिउन हुँदैन भन्ने कुरा बुझाउँछ । उक्त अवधारणा हाम्रो विश्वासको जीवनमा पनि लागू हुन्छ, परमेश्वरले हामीलाई मुक्तिदातासँग भेट्ने सीमित समय दिनुभएको छ ।

सबैकुराको लागि निश्चित समय हुन्छ । उदाहरणको लागि, मानिसहरू विश्वविद्यालयमा शिक्षा प्राप्त गर्न र डिग्री हासिल गर्न जान्छन्, राम्रो जागिर पाउन डिग्री हासिल गर्छन्, पैसा कमाउन राम्रो जागिर गर्छन्, राम्रो कमाइ गरेर परिवारलाई सहयोग गर्छन् इत्यादि … यस पृथ्वीमा सबैकुराको उद्देश्य भएजस्तै, परमेश्वरमा हाम्रो विश्वासको पनि उद्देश्य छ ।

१ पत्रुस १:८-९ तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ । उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ । तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्नो आत्माको मुक्ति पाउँछौ

बाइबलमा परमेश्वरलाई विश्वास गर्नुको उद्देश्य नै आत्माको मुक्ति हो भनिएको छ, र मुक्ति पाउन मुक्तिदाताको नाउँ थाहा हुनु अत्यावश्यक छ ।

प्रत्येक युगको मुक्तिदाताको नाउँ

परमेश्वरले मुक्तिको प्रबन्धलाई तीन युगमा विभाजन गर्नुभएर, प्रत्येक युगको निम्ति मुक्तिदाताको छुट्टाछुट्टै नाउँ तोकिदिनुभएको छ ।

मत्ती २८:१९-२० “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।”

बाइबलमा, पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग गरी तीन युग छन् । त्रीएकको आवधारणाद्वारा, हामीहरू परमेश्वरले तीन वटा नाउँसँगै, तीन छुट्टाछुट्टै भूमिका निर्वाह गर्नुभएको कुरा बुझ्न सक्छौं । पिताको युगमा, परमेश्वरले बुबाको भूमिका निर्वाह गर्नुभयो । पुत्रको युगमा, पुत्रको भूमिका निर्वाह गर्नुभयो । पवित्र आत्माको युगमा, पवित्र आत्माको भूमिका निर्वाह गर्नुहुन्छ ।

परमेश्वरले यी तीन वटै भूमिका निर्वाह गर्नहुँदा, उहाँले मुक्तिदाताको रूपमा फरक-फरक नाउँ प्रयोग गर्नुहुन्छ । त्यसैले येशूज्यूले पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ भन्नु भएको हो । यसको अर्थ पिताको नाउँ छ, पुत्रको नाउँ छ र पवित्र आत्मको पनि नाउँ छ ।

अधिकांश मानिसहरू पवित्र आत्माको नाउँप्रति अनिविज्ञ छन् र कतिचाहिँ मुक्तिदाताको एउटा मात्र नाउँ छ भनेर गलत सोचिरहेका छन् ।

यशैया ४३:११ (NCV) म हुँ, म नै परमप्रभु हुँ । मात्र मुक्तिदाताहुँ

पिताको युगमा, मुक्तिदाताको नाउँ यहोवा थियो । उहाँले आफू एक मात्र मुक्तिदाता हुँ भनेर भन्नुभएको छ । नयाँ करारमा प्ररित पत्रुसले पनि मुक्तिदाताको विषयमा गवाही दिएका छन् ।

प्रेरित ४:११-१२ “यो त्यही ढुङ्गो हो, जो तपाईं, निम्रताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ । अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन ।”

प्रेरित ४:११-१२ (NLT) धर्मशास्त्रमा उल्लेख भएको चाहिँ येशूज्यू हुनुहुन्छ, जहाँ यस्तो लखिएको छ, “यो त्यहीँ ढुङ्गो हो जो तपाईं निम्रताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ । परमेश्वरले हामीलाई मुक्ति पाउन स्वर्गमुनि अर्को कुनै नाउँ दिनुभएको छैन ।”

अघि, यहोवाले आफू एक मात्र मुक्तिदाता हुँ भन्नुभएको थियो । पुत्रको युगमा, प्रेरित पत्रुसले मुक्ति पाउनलाई येशूबाहेक अन्य कुनै नाउँ दिइएको छैन भनेर भनेका छन् ।

एउटा ठाउँमा यहोवा मात्र मुक्तिदाता हुनुहुन्छ भनिएको छ । अर्को ठाउँमा चाहिँ येशूज्यू मात्र मुक्तिदाता हुनुहुन्छ भनिएकोले, यहाँ बाइबल आफैमा विरोधाभास भएको जस्तो देखिन्छ ।

वास्तवमा, त्यहाँ कुनै विरोधाभास छैन । परमेश्वरको मुक्तिको प्रबन्धमा, समयले कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुरा बुझेमा, त्यसको पूर्ण अर्थ बुझ्न सकिन्छ ।

यशैया ९:६ ’cause हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्त एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ ।

पिताको युगमा, जब मुक्तिदाताको नाउँ यहोवा थियो, यशैया अगमवक्ता त्यो युगमा जिएका थिए । पिता यहोवा परमेश्वर, पुत्र(येशू)को रूपमा जन्मनुहुनेछ भनेर अगमवाणी गरिएको थियो ।

परमेश्वर मानिसको स्वरूपमा जन्मने बित्तिकै, पिताको भूमिका खेल्न रोक्नुभएर, पुत्रको भूमिका खेल्न सुरू गर्नुभयो । त्यही क्षणदेखि पिताको युग समाप्त भएर पुत्रको युग सुरू भयो । युग परिवर्तन सँगै मुक्तिदाताको नाउँ पनि परिवर्तन भयो । मुक्तिदाताको नाउँ यहोवा बाट येशूज्यूको नाउँमा परिर्वतन भयो । परमेश्वरले भूमिका परिवर्तन गर्नुभएकोले, युग र मुक्तिदाताको नाउँ दुवै परिवर्तन भयो । यसको अर्थ  मुक्तिदाताको नाउँको सिमित समय छ, म्याद सकिने मिति जस्तै ।

पिताको युग समाप्त भएपछि, त्यो युगको मुक्तिदाताको नाउँ पनि समाप्त हुन्छ । मानिसहरूले पिताको नाउँमा मुक्ति पाउन सक्दैन थिए । त्यसैले प्ररित पावलले आत्मविश्वासका साथ, मुक्ति पाउन येशूज्यूको नाउँ बाहेक अर्को कुनै नाउँ दिइएको छैन भनेर भनेका थिए । तिनले समय सीमाको अवधारणा बुझेकाले,

पिताको नाउँको म्याद समाप्त भएको, र पुत्रको नाउँको सुरूवात भएको कुरा जनाउँदछ ।

मुक्तिदाताको नयाँ नाउँ

अहिले हामीहरू न पिताको युगमा, न त पुत्रको युगमा, तर पवित्र आत्माको युगमा जीइरहेका छौं । अर्को शब्दमा भन्ने हो भने, परमेश्वले पवित्र आत्माको भूमिका निर्वाह गरिरहनुभएको छ । त्यसैले मुक्ति पाउनको निम्ति पवित्र आत्माको नाउँ जान्न अत्यावश्यक छ ।

अहिले पनि मानिसहरू येशूज्यूको नाउँ नै, यो युगको मुक्तिदाताको नाउँ हो भनेर गलत सोचिरहेका छन् । पुत्रको युग समाप्त भएकोले, येशूज्यूको नाउँको म्याद पनि समाप्त भएको छ ।

यही कारणले, येशूज्यूले पवित्र आत्माको युगमा, नयाँ नाउँ लिएर मुक्तिदाताको रूपमा आउँछु भनेर घोषणा गर्नुभएको हो ।

प्रकाश ३:११-१३ म चाँडै आइरहेछु । तिमीसँग जे छ त्यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन । जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, र ऊ त्यहाँबाट कहिल्यै बाहिर निस्कनेछैन । म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरको सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ । आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु । जसको कान छ, त्यसलै सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ ।

म चाँडै आइरहेछु भन्नाले, येशूज्यूले आफ्नो दोस्रो आगमनको विषयमा भन्नुभएको हो । येशूज्यूले आफू दोस्रो पटक आउँदा, नयाँ नाउँ लिएर आउँछु भनेर स्पष्ट भन्नुभएको छ । उहाँले आफूलाई पवित्र आत्मा भन्नुभएकोले, उहाँ पुत्र नभई पवित्र आत्माको रूपमा देखा पर्नुहुन्छ भन्ने अर्थ हो ।

येशूज्यूले आफू फेरि आउनुहुँदा, नयाँ नाउँ लिएर आउँछु भन्नुभएको छ । उहाँले आफूलाई पवित्र आत्माको रूपमा उल्लेख गर्नुभएकोले, उहाँ पुत्रको रूपमा नभई पवित्र आत्माको रूपमा आउनुहुनेछ ।

उक्त कुराले परमेश्वरको मानिसहरूले नयाँ नाउँद्वारा मुक्ति पाउने पवित्र आत्माको युगको सुरुवातलाई जनाउँदछ । नयाँ नाउँ चाहिँ मुक्तिदाताले पहिला प्रयोग नगर्नुभएको नयाँ नाउँ हुनुपर्दछ । यहोवा र येशू नाउँचाहिँ पहिल्यै प्रयोग भइसकेकोले, नयाँ नाउँको रूपमा उदृत हुँदैन । पवित्र आत्माले नयाँ नाउँ कसरी पाउन सकिन्छ भनेर बताउनुभएको छ ।

प्रकाश २:१७ जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ । जसले जित्छ, त्यसलाई म गुप्त-मन्नको केही भाग दिनेछु, र म त्यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर दिनेछु, जो पाउनेले बाहेक अरू कसैले जान्दैन ।

पवित्र आत्माले, सेतो पत्थर पाउनेलाई मात्र नयाँ नाउँ दिनेछु भनेर भन्नुभएको छ । बाइबलमा, सेतो रङ्गले शुद्धतालाई जनाउँदछ । सेतो पत्थरले केलाई सङ्केत गर्दछ, भन्ने कुरा बुझ्न आवश्यक छ । बाइबलमा पत्थरलाई धेरै कुराहरूद्वारा उल्लेख गरेको छ ।

१ पत्रुस २:४ उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ । मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ ।

प्रेरित ४:११ यो त्यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ ।

बाइबलमा, पत्थरले ख्रीष्टलाई सङ्केत गर्दछ । प्रकाश २:१७को अर्थ चाहिँ, ख्रीष्ट नयाँ नाउँ लिएर आउनुहुन्छ भन्ने हो । प्रकाशको पुस्तकचाहिँ करिब ई.सं.९७ तिर लेखिएकोले, यहाँ भनिएको ख्रीष्टले दोस्रो आगमनका ख्रीष्टलाई जनाउँदछ । नयाँ नाउँ जान्नको निम्ति हामीले गुप्त-मन्न लिएर आउनुहुने दोस्रो आगमनका ख्रीष्टलाई भेट्नै पर्छ ।

दोस्रो आगमनका ख्रीष्ट, पवित्र आत्मा र मन्न

साँचो पवित्र आत्मा र उहाँको नयाँ नाउँ थाहा पाउनको निम्ति, र बाइबलमा उहाँले गुप्त मन्न लिएर आउनुहुनेछ भनिएको छ । हामीलाई गुप्त मन्न दिनुहुने व्यक्ति नै पवित्र आत्माको युगमा हामीलार्इ मुक्ति दिनुहुने मुक्तिदाताको नाउँ हो ।

यूहन्ना ६:४९-५१ “तिमीहरूका पिता-पुर्खाहरूले उजाड-स्थानमा मन्न खाए तापनि तिनीहरू मरेर गए । स्वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्छ त्यो मर्नेछैन । स्वर्गबाट ओर्लिआएको जिउँदो राटी म नै हुँ । कसैले यो रोटी खायो भने त्यो सधौभरि जिउँनेछ । र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्योचाहिँ मेरो देह हो ।”

बाइबलअनुसार मन्नले ख्रीष्टको शरीरलाई जनाउँदछ । उहाँका शरीर ग्रहण गर्न हामीले नयाँ करार निस्तार-चाड पालन गर्नुपर्दछ ।

मत्ती २६:१७, २६-२८ अब अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तारचाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौँ ?”

तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आर्शीवाद  दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।”

तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । ’cause यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”

२,००० वर्षअघि प्रथम आगमनमा येशज्यूले, नयाँ करार निस्तार-चाडद्वारा आफ्ना चेलाहरूलाई मन्न दिनुभएको थियो । तर यो निस्तार-चाड ई.सं. ३२५मा निकेयाको धार्मिक सम्मेलनद्वारा रद्द गरियो, र लोप भयो । सन् १९४८मा ख्रीष्ट आन साङ होङज्यूले हामीलाई पाप क्षमा दिने परमेश्वरको चाड, नयाँ करार निस्तार-चाड पुन:स्थापन गरिदिनुभयो । ख्रीष्ट आन साङ होङज्यूले प्रकाश २:१७को अगमवाणी पूरा गर्नुभयो, उहाँ नै पवित्र आत्मा हुनुहुन्छ र उहाँको नाउँ नै पवित्र आत्माको युगको मुक्तिदाताको नाउँ हो, जसद्वारा हामीले उद्धार पाउँछौं ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, नयाँ नाउँ आन साङ होङज्यूलाई यो युगको मुक्तिदाताको रूपमा विश्वास गर्दछ ।

यसको अर्थ हामी आन साङ होङज्यूको नाउँमा प्रार्थना र प्रचार गर्छौं । बाइबलले आन साङ होङज्यूको विषयमा गवाही दिएकोले हामी यस्तो गर्छौं । अझ अध्ययन गर्दै जानुभएमा, तपाईं मुक्तिदाताको नाउँमा विवस्थ भएर उहाँद्वारा उद्धार पाउनुहुने छ ।

यूहन्ना ५:३९ तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, ’cause त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो[ख्रीष्ट] विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।