दक्षिण कोरियाबाट आउनुहुने दोस्रो ख्रीष्ट

निस्तार-चाड नै यो युगमा आउनुहुने मुक्तिदातालाई चिन्ने अकाट्य चिन्ह हो ।

परमेश्वरको मण्डली दक्षिण कोरियामा निस्तार-चाड खडा गर्नुभएका आन साङ होङज्यूलाई दोस्रो ख्रीष्टको रूपमा विश्वास गर्दछ । बाइबलको अगमवाणीअनुसार, परमेश्वर मानिसको रूपमा आउनुभई, १,६०० वर्षअघि रद्द भएका पवित्र चाडहरू पुन:स्थापना गर्नुपर्छ । निस्तार-चाड नै यो युगमा आउनुहुने मुक्तिदातालाई चिन्ने अकाट्य चिन्ह हो । साथै बाइबलमा उहाँ कहाँबाट आउनुहुन्छ भनेर विस्तृत रूपमा वर्णन गरिएको छ ।

अगमवाणीअनुसार देखा पर्नुहुने परमेश्वर

येशू ख्रीष्ट इस्राएलको बेथलेहेममा जन्मनुभएको कुरा सबैलाई थाहै छ । मानिसहरूलाई थाहा नभएको कुरा चाहिँ मुक्तिदाताको कहाँबाट जन्मनुहुन्छ भन्ने कुरा बाइबलमा पहिल्यै अगमवाणी गरिएको थियो ।

मीका ५:२ “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ ।”

परमेश्वरको मुक्तिको कार्य त्यसै भएको होइन । परमेश्वर आफ्नो योजनाअनुसार कार्य गर्नुहुन्छ ̶ बाइबलमा ती कुराहरू हुनुभन्दा पनि धेरै पहिले अगमवाणी गरिएको थियो । २,००० वर्षअघि येशूज्यू बेथलेहेममा मानिसको रूपमा जन्मनुभयो । यो चाहिँ मीकाको पुस्तकमा लेखिएको अगमवाणी पूरा गर्नको निम्ति थियो । बाइबलमा येशूज्यू दोस्रो पल्ट देखा पर्नुहुनेछ भनेर पनि अगमवाणी गरिएको छ ।

हिब्रू ९:२८ (NCV) त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट आउनुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सकुतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति

हिब्रूको वचनअनुसार, हामीले उद्धार पाउनको निम्ति दास्रो आगमनका ख्रीष्टलाई भेट्नै पर्छ । परमेश्वरले आफ्नो प्रथम आगमनको ठाउँ प्रकट गर्नु भएजस्तै, उहाँले मुक्तिको कार्यद्वारा दोस्रो आगमनको ठाउँ पनि प्रकट गर्नुभुएको छ ।

पूर्वबाट आउनुहुने पूरानो करारको अगमवाणी

पुरानो करारदेखि नै, परमेश्वरले हिब्रू ९:२८को अभिप्राय पूरा गर्ने तरिका पहिल्यै उल्लेख गर्नुभएको छ ।

यशैया ४६:१०-११ पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु । मैले जे भनेको छु, त्यो म गर्नेछु । मैले जे योजना बनाएको छु, म त्यो गर्ने नै छु ।

यशैया ४६:११ (NASB) पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, टाढा देशबाट मेरो अभिप्राय पूरा गर्ने मानिस

परमेश्वरले मुक्ति ल्याउनको निम्ति पूर्वको टाढा देशबाट शिकारी पक्षीसँगै मानिसलाई बोलाउनु भएको जस्तो देखिन्छ । तर वास्तवमा, परमेश्वरको अभिप्राय पूरा गर्ने मानिसलाई शिकारी पक्षीको रूपमा सङ्केत गरिएको हो । बाइबलअनुसार, पक्षी(शिकारी पक्षी)ले परमेश्वरलाई सङ्केत गर्दछ(व्यवस्था ३२:११-१२) ।

परमेश्वर स्वयम् पूर्वको टाढा देशबाट मानिसको स्वरूपमा आउनुभएर यो अगमवाणी पूरा गर्नुहुनेछ । यशैया अगमवक्ताले प्रकाश देखेको ठाउँ इस्राएल देश हो । लेखकको ठाउँलाई केन्द्रबिन्दु बनाएर पूर्वको “टाढाको देश”ले एसियाको कुनै देशलार्इ सङ्केत गरेको हुनुपर्छ ।

प्रकाशको पुस्तकमा पूर्वबाट आउनुहुने परमेश्वर

प्रकाशको पुस्तकमा, दोस्रो आगमनका ख्रीष्ट पूर्वबाट आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।

प्रकाश ७:१-३ यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेको मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुर्‍याउने अख्तियार दिइराखेका चार स्वर्गदूतहरूलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरको दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, सुमद्र वा रूखहरूलाई केही हानि नगर ।”

४ स्वर्गदूतहरूले बतासलाई रोकेर राख्दा, तब परमेश्वरको माहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका छन् । बाइबलमा, परमेश्वरको मोहोरचाहिँ, बतास छोदिँदा त्यसको हानिबाट मानिसहरूलाई सुरक्षा प्रदान गर्ने मुक्तिको चिन्ह हो ।

हिब्रू ९:२८को वचनलाई फेरि सम्झदा, उद्धार लिएर आउनुहुने व्यक्ति नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ भनेर स्पष्ट उल्लेख गरेको छ । यसको अर्थ ४ बतास छोडिनु अघि, दोस्रो आगमनका ख्रीष्ट परमेश्वरको छाप, मुक्तिको चिन्ह लिएर देखा पर्नुहुनेछ ।

परमेश्वरको छाप नै, परमेश्वरको मानिसहरू अन्तिम विपत्ति आउनुअघि बाँच्न सकिने तरिका हो

परमेश्वरको छाप के होला ?

परमेश्वरको मानिसहरू अन्तिम विपत्ति आउनुअघि बाँच्न सकिने तरिका नै परमेश्वरको छाप प्राप्त गर्नु हो । बाइबलमा, विपत्तिबाट बाँच्न सकिने एक मात्र चिन्ह र तरिका छ, त्यो नै निस्तार-चाड हो ।

प्रस्थान १२:११-१३ यो परमप्रभुको निस्तारचाड हो । “त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ, जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन ।”

निस्तार-चाडको उत्पत्ति देखि नै, निस्तार-चाडचाहिँ परमेश्वरका मानिसहरूलाई विपत्तिबाट बाँच्न सकिने  तरिकाको रूपमा दिइएको थियो ।

योद्वारा पनि, हामीहरू निस्तार-चाडचाहिँ मुक्तिको चिन्ह, र परमेश्वरको छाप हो भन्ने कुरा बुझ्न सक्छौं ।

२,००० वर्षअघि, येशूज्यूले निस्तार-चाडको रोटी र दाखमद्यद्वारा, नयाँ करारको निस्तार-चाड पालन गर्ने  तरिका सिकाइदिनुभयो । तर, ई.सं. ३२५मा निकेयाको सम्मेलनद्वारा निस्तार-चाड रद्द भयो ।

दक्षिण कोरियामा पुन:स्थापना भएको निस्तार-चाड

नयाँ करार निस्तार-चाडचाहिँ पूर्वबाट आउनुहुने मुक्तिदातालाई चिन्न सकिने मुक्तिको चिन्ह हो । यो चिन्ह दक्षिण कोरियामा खडा भएको थियो । ख्रीष्ट आन साङ होङज्यूले मुक्तिको चिन्ह, पवित्र चाड,  निस्तार-चाड पुन:स्थापना गरिदिनुभयो । उक्त चिन्हले ख्रीष्ट आन साङ होङज्यूलाई चिन्ने गराउनुको साथै उहाँ नै दोस्रो पल्ट मानिसको रूपमा आउनुभई, पूर्वबाट उद्धार गर्नुहुने परमेश्वर हुनुहुन्छ भन्ने कुरा बुझ्ने गराउछ ।

दक्षिण कोरिया नै, दोस्रो आगमनका ख्रीष्ट आउनुभएको, पृथ्वीको अन्त टाढाको देश, अगमवाणीको भूमि हो । परमेश्वरको वचनअनुसार, मुक्तिको कार्य जहाँबाट सुरू हुन्छ, त्यो ठाउँ नै ख्रीष्ट दोस्रो पल्ट आउनुहुने ठाउँ हो ।