के ख्रीष्टको दोस्रो आगमन नै अन्तिम इन्साफको दिन हो त ?
बाइबलमा, येशू ख्रीष्ट परमेश्वरका मानिसहरूलाई मुक्तिमा डोर्याउन बादलमा आउनुहुन्छ भनेर अगमवाणी गरिएको छ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज आन साङ होङज्यू नै बाइबलको अगमवाणीअनुसार “बादल”मा आउनुभएका परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्दछ ।
बादलमा आउनुहुन्छ
आजभोलि संसारका ख्रीष्टियानहरू अगमवाणीअनुसार आउनुहने मुक्तिदाता ख्रीष्टलाई, आकाशको प्राकृतिक बादललाई हेर्दै पर्खिरहेका छन् ।
लूका २१:२७-२८ “त्यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन् । जब यी कुरा हुन थाल्छन् तब खडा होओ र आफ्नो शिर माथि उठाओ, ’cause तिमीहरूको उद्धार नजिकै आइरहेछ ।”
यहाँ येशूज्यू दोस्रो पटक पृथ्वीमा आउनुहुँदा सबैले देख्ने गरी बादलमा आउनुहुन्छ भनेर लेखिएको छ । तर, के ख्रीष्ट साँच्चै प्राकृतिक बादलमा आउनुहुने हो त ? ख्रीष्टियान भएकोले, बादलमा आउनुहुने ख्रीष्टको अर्थ स्पष्ट बुझ्न आवश्यक छ ।
संसारका ख्रीष्टियानहरूले येशूज्यू बादलमा आउनुहुँदा, संसार तुरुन्तै नष्ट हुन्छ । अनि सन्तहरूचाहिँ स्वर्गीय राज्यमा प्रवेश गर्नेछन् भनेर विश्वास गर्दै सिकाउने गर्छन् । तर धर्मशास्त्रलाई नियालेर हेर्ने हो भने, येशूज्यूको दोस्रो आगमन र अन्तिम इन्साफ दुई फरक आगमन हुन् ।
बादलमा आउनुभएको येशूज्यू
बाइबलमा देस्रो आगमनका ख्रीष्ट आकाशको बादलमा आउनुहुन्छ भनिएको छ । प्रथम आगमनका ख्रीष्टको विषयमा पनि उस्तै अगमवाणी गरिएको थियो । आजभोलि, येशूज्यू मानिसको स्वरूपमा आउनुभएको कुरा सबैलाई थाहा छ ।
दानिएल ७:१३-१४ “राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्रचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमार सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे । उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ, जुनचाहिँ कहिल्यै टल्नेछैन, र उहाँको राज्य त्यो हो, जुन कहिल्यै नष्ट हुने छैन ।”
येशूज्यू नै, दनिएलले आफ्नो दर्शनमा, बादलमा आइरहनुभएको देखेका मानिसको पुत्र हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने, येशूज्यू मानिसको स्वरूपमा आउनुभयो । उहाँ मरियमको शरीरद्वारा बालकको रूपमा जन्मनुभयो । मत्ती, यूहन्ना र लूकाले आफ्नो पुस्तकमा येशूज्यूलाई अधिकार(मत्ती २८:१८), महिमा(यूहन्ना १७:१०) र सार्वभौमिक शक्ति(लूका २२:२९) दिइयो भनेर लेखेका छन् ।
२,००० वर्षअघि, पुरानो करारको अगमवाणीअनुसार, येशूज्यू आकाशको प्राकृतिक बादलमा नभई मानिसको स्वरूपमा आउनुभयो । बाइबलमा येशूज्यू बादलमा आउनुहुन्छ भनेर वर्णन गरेको चाहिँ, बाइबलमा “बादल” भन्ने शब्द मानिसलाई सङ्केत गर्दछ ।
बादलले शरीरलाई जनाउँछ
बाइबलमा एउटै शब्दको धेरै अर्थहरू छन् । आकाशको प्राकृतिक बादलबाहेक, बाइबलमा “बादल” लाई फरक तरिकाले वर्णन गरेको छ ।
यहूदा १:१२ तिमीहरूका प्रीतिभोजमा यिनीहरू कलङ्क हुन् । किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, हिउँदका फलहीन वृक्षजस्ता, जो दुई पल्ट मरिसकेका र जरैसमेत उखेलिएका हुन्छन् ।
बाइबलमा बादलले मानिसको शरीरलाई सङ्केत गर्दै, मानिसलाई बादलसँग तुलना गरेको छ ।
हितोपदेश २५:१४ यो नयाँ करारमा मात्र नभएर, पुरानो करारमा पनि देखा परेको छ ।
झरीविना बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ ।
पुरानो करारमा पनि “बादल”ले “मानिस”लाई सङ्केत गरिएको छ । अन्य धेरै उदाहरणहरू भए पनि, यी दुई वचनहरूद्वारा मात्र पनि बाइबलमा बादलले मानिसलाई सङ्केत गरिएको कुरा देख्न सकिन्छ ।
येशूज्यूको देस्रो आगमन र अन्तिम इन्साफ
धेरै मानिसहरूले येशू्ज्यूको देस्रो आगमन नै अन्तिम इन्साफ हो भनेर विश्वास गरेको भएपनि, यी दुई फरक छन् । अन्तिम इन्साफमा, बाइबलमा येशूज्यू बादलमा नभई, बल्दो आगोमा आउनुहुन्छ भनेर भनिएको छ ।
यशैया ६६:१५-१६ हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, र उहाँका रथहरूचाहिँ आँधीबेहरीझैँ छन् । आफ्नो रीस झोँकसित र आफ्नो हप्काइ आगोको ज्वालासित उहाँले ल्याउनुहुनेछ । किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन् ।
२ थेसलोनिकी १:७-९ यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई न चिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड …
पुरानो र नयाँ दुवै करारमा, येशूज्यू अन्तिम इन्साफको दिनमा अग्निसाथ आउनुहुन्छ भनिएको छ । ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ फरक भएकोले, परमेश्वरका मानिसहरू अन्तिम इन्साफको तयार गर्न, सुसमाचार प्रचार गरेर मानिसहरूको उद्धार नजिकै(लूका २१:२८) ल्याउनको निम्ति उहाँ पहिला मानिसको स्वरूपमा आउनुपर्छ । उद्धार ल्याउनको निम्ति पहिला ख्रीष्ट मानिसको रूपमा आउनुपर्छ ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलको अगमवाणीअनुसार मानिसको रूपमा आउनुभएका दोस्रो आगमनका ख्रीष्टलाई विश्वास गर्दछ । ख्रीष्ट कसरी आउनुभयो भन्ने सन्दर्भमा, मण्डलीले उहाँको आगमनको विषयमा पनि शिक्षा दिँदछ ।