एलोहिम परमेश्वर, पिता परमेश्वर र माता परमेश्वर

पिता परमेश्वर र माता परमेश्वरको विषयमा थाहा नभएकाहरूको निम्ति, हिब्रू बाइबलमा, “परमेश्वर”को निम्ति प्रयोग भएको शब्द रहस्य लाग्न सक्छ । परमेश्वरको निम्ति “एल” वा “एलोआह” जस्ता दुवै एकवचन प्रयोग गर्नको सट्टा, मूल बाइबलमा “एलोहिम” भन्ने शब्द प्रयोग गरिएको छ । एलोहिमको अर्थ नै बहुवचन, “परमेश्वरहरू” हो ।

एलोहिमको आवृत्ति

हिब्रू बाइबलमा “एलोहिम” भन्ने शब्द २,५०० पटकभन्दा बढी प्रयोग भएको छ । बाइबल अध्ययन गर्दा “परमेश्वर”को ठाउँमा “एलोहिम” भनेर अनुवाद गर्दछ । बाइबलको परमेश्वर एकवचनमा मात्र नभई, बहुवचनको रूपमा हुनुहुन्छ भन्ने तथ्य बुझाउन खोज्नुभए जस्तै गरी परमेश्वरले, बाइबलमा धेरै ठाउँमा “एलोहिम” भनेर उल्लेख गर्नुभएको छ ।

पिता परमेश्वर र माता परमेश्वर

हामीहरूलाई पिता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा थाहा छ (मत्ती ६:९), तर परमेश्वरको विषयमा बुझाउँदा, एकभन्दा बढी- बहुवचन प्रयोग गरिएकोले, अर्को परमेश्वर पनि अस्तित्वमा हुनैपर्छ । “बुबा” भन्ने शब्द चाहिँ परिवारमा मात्र प्रयोग गरिन्छ । त्यसैले हामीले पारिवारिक प्रणालीमा हेर्‍यौं भने, को छुटिएको छ भन्ने कुरा बुझ्न सक्छौं ।

हामीहरू परमेश्वरका सन्तान हौं (२ कोरिन्थी ६:१८) । बुबा र छोराछोरी भएजस्तै, स्वभाविक रूपमा आमा पनि हुनैपर्छ । त्यसैले पिता परमेश्वर मात्र नभई, माता परमेश्वर पनि अस्तित्वमा हुनुहुन्छ ।

गलाती ४:२६ तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।

पिता परमेश्वर र माता परमेश्वर, सँगै दुई जना एलोहिम परमेश्वर हुनुहुन्छ । र बाइबलको सुरू देखि अन्तसम्म उहाँहरूको गवाही दिइएको छ ।

बाइबलले गवाही दिएको एलोहिम परमेश्वर

बाइबलको सुरूको उत्पत्तिको पुस्तक देखि नै एलोहिम परमेश्वरलाई नर स्वरूप र नारी स्वरूपकी परमेश्वरको रूपमा व्यक्त गरेको छ ।

उत्पत्ति १:२६-२७ अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं … यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।”

मानिस परमेश्वरकै प्रतिरूपमा, नर र नारी गरी सृजिएका हुन् । यसको अर्थ नर स्वरूपको परमेश्वर हुनुहुन्छ र नारी स्वरूपकी परमेश्वर पनि हुनुहुन्छ । परमेश्वरले आफैलाई भन्नुहुँदा पनि, “मेरो” र “बनाउँछु” भन्ने  एकवचन प्रयोग गर्नुको सट्टा, “हाम्रै” र “बनाऔं” भन्ने बहुवचन प्रयोग गर्नुभएको छ । यो वचनद्वारा हामीहरू परमेश्वर एक जना नभएर दुई जना हुनुहुन्छ भन्ने कुरा देख्न सक्छौं । उहाँ नै मानव-जातिलाई सँगै सृष्टि गर्नुहुने पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।

प्रकाश २२:१७ पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।

बाइबल अनन्त जीवनको उपहार भएको जीवनको पानीको प्रतिज्ञासँगै समाप्त हुन्छ । अनि यो उपहार चाहिँ पवित्र आत्मा र दुहलीद्वारा दिइन्छ । बाइबलले मानव-जातिलाई अनन्त जीवन दिन पिता र माता परमेश्वर, एलोहिम परमेश्वर सँगै आउनुपर्छ भनेर गवाही दिएको छ ।

हिब्रू बाइबलमा “परमेश्वर” भन्ने शब्दलाई “एलोहिम” भनेर बहुवचनमा लेखिएको छ । यही कारण, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । बाइबलमा माता परमेश्वरको विषयमा अझ गहिराई देखि बुझ्नको निम्ति नजिकैको परमेश्वरको मण्डलीमा सम्पर्क गर्नुहोला ।