स्वर्गको परिवारको प्रणाली

संसारको सुरूदेखि नै, मानिसहरूले परिवारलाई आफ्नो जीवनको जगको रूपमा लिने गर्छन् । संस्कृति र परम्पराअनुसार परिवार फरक भए तापनि, पारंपरिक परिवार चाहिँ बुबा, आमा र छोराछोरी गरी विश्वव्यापी रूपमा स्वीकृत छ । परमेश्वरको इच्छाअनुसार, यो नै पारिवारिक प्रणाली हो । पृथ्वीको परिवारिक प्रणालीमा बुबा, आमा र छोराछोरी भएको तथ्य चाहिँ मनोनयन होइन, यो चाहिँ स्वर्गको परिवारको अस्तित्व छ भनेर देखाउनको निम्ति परमेश्वरको ईश्वरीय शक्तिको परिणाम हो ।

परिवारिक प्राणालीको उत्पत्ति

हिब्रू ८:५ (NLT) तिनीहरू स्वर्गमा भएको वास्तविक पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन् ।

हामीले देख्न नसक्ने, स्वर्गीय पवित्रस्थान बुझ्नको निम्ति, परमेश्वरले मोशालाई पृथ्वीको पवित्रस्थान बनाउँदा स्वर्गीय पवित्रस्थानको नकल र छायाको रूपमा बनाउन आज्ञा गर्नुभयो । “नकल र छाया”को सिद्धान्तलाई पृथ्वीको प्रणालीमा लागू गर्न सकिन्छ । हामीलाई स्वर्गको परिवारको प्राणालीको विषयमा सिकाउनको निम्ति, परमेश्वरले पृथ्वीको परिवारको प्रणालीलाई स्वर्गको नकल र छायाको रूपमा सृष्टि गर्नुभयो ।

सजिल्यै गरी भन्नुपर्दा, हामीले परिवारिक प्रणालीलाई नमुनाको रूपमा सोच्न सक्छौं । नमूनाचाहिँ आवृत्तको रूप वा बनावट हो । स्वर्गमा भएको पारीवारिक प्राणालीको नकल हेऱ्यौं भने, उक्त नमूना  पृथ्वीको परिवारको निम्ति पूर्वनिर्धारित बनावटको रूपमा पुनरावर्ती भएको देख्न सक्छौं ।

यी कुराहरूलाई मनमा राख्यौं भने, पृथ्वीको पारिवारिक प्रणालीमा भएका परिवारका सदस्यहरू, स्वर्गको पारिवारिक प्रणालीमा पनि भएको कुरा निश्चित गर्न सक्छौं । हामीहरू उक्त कुरा बाइबलद्वारा निश्चित गर्न सक्छौं । परिवारको सदस्यहरूमध्ये, हामीहरू पहिला बुबाको विषयमा सोचौं ।

पिता परमेश्वर

हिब्रू १२:९ यसबाहेक हामीलाई ताडना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्‍यौं । के झन् बढी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र ?

हिब्रूका लेखकले हामी सम्पूर्ण मानिसहरूको बुबा हुनुहुन्छ भन्ने कुरामा जोड दिएका छन् । उक्त कुराले बुबा चाहिँ हाम्रा आत्मिक पिताको प्रतिनिधि हुन् भन्ने तथ्यलाई देखाउँछ । हामीलाई हाम्रा शारीरिक बुबा पृथ्वीमा बस्नुहुन्छ भन्ने कुरा राम्ररी थाहा छ । त्यसो भए, हाम्रा आत्माका पिता चाहिँ कहाँ हुनुहुन्छ होला ? निश्चित रूपमा उहाँ स्वर्गमा हुनुहुन्छ ।

मत्ती ६:९-१०हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस् । तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस् ।”

अधिकांश ख्रीष्टियानहरू उक्त प्रार्थनासँग परिचित छन् । यसको अतिरिक्त उहाँले आफ्ना चेलाहरूलाई कुन कुराको निम्ति प्रार्थना गर्नुपर्छ, र कसरी पमेश्वरलाई सम्बोधन गर्नुपर्छ भन्ने कुरा सिकाइदिनुभयो । येशूज्यू तिनीहरूलाई परमेश्वरलाई प्रभु वा गुरूज्यू भनेर प्रार्थना गर्न पनि सिकाउनु सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नुभएन । उल्टै, उहाँले तिनीहरूलाई पिता भनेर पुकार्न लगाउनुभयो, यसैकारण प्रार्थनालाई, “हाम्रा पिता” भनेर प्रसिद्ध शीर्षक दिएको छ ।

यो कुरालाई ध्यानमा राख्यौं भने, हाम्रा आत्माका पिताचाहिँ स्वर्गमा हुनुहुने पिता परमेश्वर हुनुहुन्छ भन्ने कुरा बुझ्न सक्छौं । पार्थिव परिवारिक प्रणालीमा शारीरिक बुबा भएजस्तै, स्वर्गको परिवारिक प्रणालीमा हाम्रा स्वर्गीय पिता हुनुहुन्छ ।

“बुबा” भन्ने शब्दले सन्तान पनि छ भन्ने कुरा देखाउँदछ । पुरुष जतिसुकै उमेरको भएपनि, सन्तान नभएमा, तिनलाई बुबा भनेर पुकार्न मिल्दैनँ । त्यसैगरी, पिता परमेश्वरको सन्तान नभएमा, हामीले उहाँलाई “पिता” भनेर पुकार्न मिल्दैनँ ।

परमेश्वरको सन्तान

स्वर्गको परिवारको नकल भएको पृथ्वीको परिवारमा पनि छोराछोरी छन् । बुबाका सन्तान, छोरा छोरीको रूपमा प्रतिष्ठित छन् । यसको अर्थ स्वर्गको परिवारमा पनि छोराछोरीहरू छन् भन्ने हो ।

२ कोरिन्थि ६:१८ म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।

हाम्रा स्वर्गका पिताले हामीलाई आफ्नो छोराछोरीको रूपमा स्वीकार्नुभएको छ । यो वचनद्वारा, हामीहरू स्वर्गका छोराछोरी हौं भन्ने यर्थाथता महसुस गर्न सक्छौं । पृथ्वीको परिवार बुबा र छोराछोरीद्वारा बनिएजस्तै, स्वर्गको परिवार पनि स्वर्गका पिता र उहाँको छोराछोरीद्वारा बनिएको छ ।

यो पृथ्वीमा, एउटै बुबाको सन्तानले एक-अर्कालाई दाजुभाइ दिदीबहिनी भनेर पुकार्छन् । त्यसैगरी, पिता परमेश्वरको सन्तान भएका हामीहरूलाई, स्वर्गीय दाजुभाइ दिदीबहिनी भनेर पुकारिएको छ ।

यस पृथ्वीमा, कुनै पनि पुरुष बुबा बन्नको निम्ति, तिनको सन्तान जन्माउने आमा अर्थात् स्त्री हुनुपर्छ भन्ने कुरा सामान्य ज्ञान हो । आमा बिना, न छोराछोरी न त बुबा नै हुन सक्छ ।

माता परमेश्वर

परमेश्वरले आफ्ना चेलाहरूलाई उहाँलाई पिता भनेर पुकार्न सिकाउनुभएको निश्चित कारण छ । “बुबा” भन्ने अभिभावक शीर्षक प्रयोग गरिएको चाहिँ निश्चित रूपमा पिता परमेश्वरसँग मातृ अस्तित्व छ । बाइबलमा हाम्री माता परमेश्वर पनि हुनुहुन्छ भन्ने शिक्षा दिएको छ ।

गलाती ४:२६ तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।

यहाँ “हाम्री” भन्नाले स्वर्गको परिवारका छोराछोरीलाई सङ्केत गर्दछ । त्यसोभए, स्वर्गको परिवारको छोराछोरी भएकोले, माथिको यरूशलेम को हुनुहुन्छ त ? उहाँ हाम्री माता हुनुहुन्छ । उहाँ हाम्रो आत्माकी आमा हुनुहुन्छ ।

हामीहरू शारीरिक रूपमा शारीरिक आमा बिना बाँच्न नसके जस्तै, हाम्रो आत्मा पनि माता परमेश्वर बिना आत्मिक जीवन प्राप्त गर्न सक्दैनौँ । प्राथमिक जीवनदाता हुनुभएकोले, परिवारमा आमाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । हाम्री शारीरिक आमाको भूमिका चाहिँ हाम्रो आत्माकी माताको भूमिकाको जीवंत प्रतिबिम्ब हो । अक्सर आमा चाहिँ परिवारलाई एक बनाउने गोंद जस्तै हुनुहुन्छ भन्ने गरिन्छ । आमाहरूले को बाट यस्तो विशेषता प्राप्त गरे होलान् ? बुबाहरूले आफ्नो विशेषता पिता परमेश्वरबाट प्राप्त गरेजस्तै, आमाहरूले आफ्नो विशेषता माता परमेश्वरबाट प्राप्त गरिन् । आफ्नो सन्तानको निम्ति आमाको सहानुभूति, लगनशीलता र बलिदान सबै माता परमेश्वरबाट उत्पन्न भएको हो ।

रगतद्वारा बाँधिएको परिवार

पिता परमेश्वर, माता परमेश्वर, र उहाँको छोराछोरी नै स्वर्गको परिवार र यस पृथ्वीका सम्पूर्ण परिवारको नकल हुन् ।

आमा-बुबा र छोराछोरी रगतको नाताद्वारा गाँसिएको हुन्छ । यो नै यस पृथ्वीमा आफ्नो साँचो बुबा-आमा प्रमाण गर्ने अकाट्य तरिका हो, जसले कसरी स्वर्गीय छोराछोरीले आफू स्वर्गीय पिता माताको सन्तान हुँ भनेर कसरी प्रमाण गर्ने भन्ने कुरा देखाउँछ । बुबा-आमाले आफ्नो रगतद्वारा, आफ्नो छोराछोरीलाई जीवन दिनुहुन्छ । त्यसैगरी पिता परमेश्वर र माता परमेश्वरले पनि आफ्नो रगतद्वारा छोराछोरीलाई आत्मिक जीवन दिनुहुन्छ ।

यूहन्ना ६:५३ येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।”

लूका २२:१४-१५, २० अनि जब बेला भयो, तब उहाँ  प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दु:ख भोग्नु अघि नै यो निस्तारचाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, …

“यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”

माथि उल्लेखित रगत चाहिँ निस्तार-चाडको दाखमद्यमा समावेश भएको परमेश्वरको रगत हो । येशूज्यूले, “यो मेरो रगतमा स्थापित गरिने नयाँ करार हो” भन्नुभएकोले, उहाँले हामीलाई निस्तार-चाडको दाखमद्यद्वारा आफ्नो रगत प्रतिज्ञा गर्नुभयो, जब हामी त्यो पिउँछौं, हामीले स्वर्गीय पिता माताको रगत ग्रहण गर्न सक्नेछौं ।

निस्तार-चाडचाहिँ आत्मिक रगत परीक्षण हो, जसले हामी परमेश्वरको सन्तान हौं भन्ने कुरा प्रमाणित गर्दछ । परमेश्वरको रगत ग्रहण गर्ने, निस्तार-चाड एक पटक पालन गरेपछि, हामीहरू परमेश्वरलाई हाम्रा पिता र माता भनेर पुकार्न सक्छौं । निस्तार-चाडले हामी स्वर्गको परिवारको सदस्य हौं भन्ने कुरा गवाही दिन्छ ।